२०८२, श्रावण २८ गते

Aug 13 2025 | २०८२, श्रावण २८ गते

वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानीको अवस्था कस्तो छ ?

बिहिवार , आश्विन २७, २०७९

काठमाडौं, २७ असोज ।

पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुवै घटेको छ । एक सातामा निक्षेप संकलन ८ अर्ब रुपैयाँले घटेको हो । दसैंअघि असोज १४ गतेसम्म वाणिज्य बैंकहरुमा ४५ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा दसैंपछि असोज २१ गते ४५ खर्ब ११ अर्ब रुपैयाँमा झरेको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ । 

एसोसिएसनका अनुसार यस अवधिमा कर्जा प्रवाह पनि ४ अर्ब रुपैयाँ घटेको छ । १४ गतेसम्म कुल ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा ४१ खर्ब ९३ अर्बमा झरेको छ । समग्रमा असोजमा २१ दिनमा निक्षेप २५ अर्ब निक्षेप बढेको छ भने कर्जा प्रवाह ३ अर्ब मात्रै बढेको छ । असोज २१ गतेसम्ममा बैंकहरुको औसत सीडी रेसियो ८७.२५ प्रतिशत रहेको छ । न्युज कारखाना