images

शनिवार, बैशाख ८ गते २०८१

साडीतन्त्र रुपी गठेतन्त्र

साडीतन्त्र रुपी गठेतन्त्र

images
images
images
आइतवार, आश्विन २३ २०७९
आइतवार, आश्विन २३ २०७९
  • साडीतन्त्र रुपी गठेतन्त्र

    ‘त्याग’ गर्नु आफैंमा महान कार्य भएपनि समय सन्दर्भ नहेरी आन्तरिक द्वन्दको खाँका नखिची गरिएको त्याग प्रत्युपादक नै हुन्छ । ऐले नेपाली राजनीतिमा राज्य सञ्चालकहरु गोली गठ्ठा र सुरक्षा घेरा भित्र बसेर अरुलाई त्यागको मन्त्र सुनाईरहछन्, विडम्बना उनीहरु मल मूत्र त्याग गर्न बाहेक अरु केही जानेका छैनन् । नेपाली राजनीतिमा ‘त्याग’ को नयाँ मोडल प्रस्तुत गर्न खोजिएको छ । साँडेले कमजोर गाईलाई करणी गर्न लाग्दा जस्तो अवस्था हुन्छ त्यस्तै अवस्थामा अरुलाई पु¥याउन ‘त्याग’ मागिएको हो ।

    images
    images
    images

    ‘त्याग’ गर्न नजान्नेहरु स्वाँठ, लण्ठ र मूर्ख हुन् , त्याग त पौराणिक काल देखि चलि आएको परम्परा हो । यही परम्परालाई अगाडि बढाउन ‘गौतम बुद्ध’ को उदाहरण पेश गरिएको हो यस्मा दायाँ बायाँ षडयन्त्र कहीं कतै छैन । गुरु द्रोणाचार्यले एकलव्यको जस्तो “बुढी औंठा” काटेर गुरु दक्षिणा देउ पनि त भनेको छैन, खाली हाम्रा प्रियजन भाई र श्रीमतिका लागि ‘त्याग’ गर है मात्र त भनिएको हो ! के यती सानो कुरामा बबण्डर मच्याएर सामाजिक सञ्जाल भर्न जरुरी छ र ?

    गणेशमानजी र किशुनजी जस्तो पार्टी छोडेर चुपचाप बसे पनि अहिलेको राजनैतिक परिपेक्षमा वडो सान्दर्भिक हुन्थ्यो – त्यति त गर ! असन्तुष्ट कांग्रेसी जनहरु हो ! तिमीहरुको असन्तुष्टि गैर कांग्रेसी छ – वर्तमान सन्दर्भमा जसले आफ्ना भाइ, भतिजा, काका, छोरी, बुहारीको उद्धार गर्न सक्यो त्यो नै सच्चा कांग्रेसी हो । कसैले रिस गरेर हुन्छ र ? लोह पुरुष गणेशमान र सन्त नेता किशुनजी हाइतोवा भएर पार्टी छोडेर बसेको इतिहास तपाईहरुले बिर्सन हुन्न ।

    पहिले पहिले कार्यकर्ता भन्नाले कुनै पनि पार्टीको गहना नै मानिन्थ्यो ; यो परिभाषा पुरै परिवर्तन गरिएको छ – यस्तो महंगीमा गहनाको मूल्य धेरै हुन्छ यसैले सडेका, गलेका, कुण्डले, पैसा भनेपछि हुरुक्क हुने, समाजबाट बहिस्कृत, कुख्यात गुण्डा, ठोक ठाक गर्न सक्ने नै पार्टीका झोले कार्यकर्ता हुन् ; यिनैको भर आडमा चुनाव जित्ने हो– यिनका पछाडी राज्यशक्ति सजग रुपमा रहेकै हुन्छ ।

    झोले कार्यकर्तामा ‘त्याग’ गर्ने महान शक्ति लुकेकै हुन्छ किनकि यिनीहरु नेताको इशारामा जे पनि गर्न सक्ने ल्याकत राख्छन् भने यिनका पछाडि बिच बचाउ गर्न सिङ्गो अदालत नै उभिएको छ । यति सहज बाटो हुँदाहुँदै पार्टी भित्र हाइातोबा गरेर बबण्डर मच्याएर तपाईहरुले केही पनि लछारपाटो लगाउन सक्नुहुन्न, बरु बेलैमा होस् पु¥याएर ‘त्याग’ गर्नु भयो भने पुरष्कारको हकदार हुन सक्नुहुनेछ ।

    अबको निर्वाचन बिजय पश्चात सत्ताको चाँबी हामीहरुले पत्नीहरुलाई दिने निर्णय गरेका छौं । महिलाहरु सारै पिछडिएका छन्, दुःखित छन्, घरायसी कामको चुल्हो र चौको गर्दा गर्दा आजित छन् । यसैले यिनीहरुको उद्धारका लागि सत्ता रुपी चाबी दिएर उनीहरु माथि भएको हालसम्मको अन्याय अत्याचार समाप्त पार्न यो क्रान्तिकारी कदम चाल्न लागिएको हो र यसमा गठे साथीहरुको पूर्ण साथ र समर्थन छ । वहाँहरुले पनि यहि बाटो अख्तियार गर्नुभएको छ ।

    वर्तमान राजनैतिक परिवेश र परिस्थितिलाई गहन रुपमा अध्ययन गरेर नै तपाईहरुको अन्तरमनबाट ‘त्याग’ कोे भावना प्रस्फुटन होस् भन्ने कामना गरेको हो, यसमा एक इञ्च पनि यता उता हुन सक्दैन । अहिले कांग्रेसलाई पहिलेको कांग्रेससँग दाजेर हेर्ने उल्लु फटाहाहरु हुन्। अहिलेको कांग्रेस भनेको लँगोटी मात्र लगाएको कांग्रेस हो । यसका कपडाहरु, बाहिरी आवरण सबै गठे मित्रहरुले बनाएका हुन् । यसैले चारतारे झण्डाको लँगोटी बनाएर आउँदो निर्वाचनमा सबैजना होम्मिनु आजको राजनैतिक आवश्यकता हो। यस बाहेक दायाँ बायाँ गर्ने सबै प्रतिगामि, प्रतिगमनकार,ि बुर्जुवा, शोषक, सामन्ति, विदेशी दलाल, भडुवा, गणतन्त्र र लोकतन्त्र विरोधी, स्वाँठहरु हुन् भनेर सबैले बुझ्न  जरुरी छ ।

    वि.स. २०४६ अघिका कांग्रेसीहरु र त्यसपछिका सबै जसले साडीतन्त्र रुपी गठेलाई मान्दैन, उनीहरुलाई कडा कारवाही गरिनेछ यसैले ‘त्याग’ गर्नलाई आह्वान गरिएको हो ।

    ‘त्याग’ महिमा अपार छ, अलिकति पनि नैतिक प्रश्न उठ्नसाथ राजिनामा दिने ‘पाङदुरे’ नेतृत्व हाम्रो होइन । नैतिकता, भ्रष्टाचार, हत्या आरोप लाग्ने नेताहरुले राजिनामा दिएका उदाहरण हामीलाई दिनु पर्दैन। हाम्रो देशमा यो सबै हुनु नै नेतृत्वको गुण हो । सदाचार, विधिको शासन, निष्पक्ष न्यायको वकालत गर्नेहरु सबै जडसत्रवारी हुन् यसैले उनीहरुले ‘त्याग’ गरेर हाम्रो मार्ग प्रसस्त गरुन् नत्र – हाम्रो कोपभाजनमा पर्नु पर्ला !! जय नेपाल !

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij