२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

बाल गृहमा खाद्यान्न वितरण तथा खाना खुवाएर आकाशले मनाए जन्मदिन

मंगलवार , आश्विन १८, २०७९

भैरहवा, १८ असोज ।
भैरहवाका एक युवाले खाद्यान्न सामग्री वितरण तथा बालबालिकाहरुलाई खाना खुवाएर आफ्नो जन्मदिन मनाएका छन् । सिद्धार्थनगर–९ का आकाश पौडेलले आफ्नो जन्मदिनको अवसरमा सोमबार तिलोत्तमा नगरपालिका–१५ स्थित नेपाल अविनाश अनाथ आश्रम र लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा खाद्यान्न वितरण तथा त्यहाँ रहेका बालबालिकालाई खाना खुवाएका हुन् । नेपाल अविनाश अनाथ आश्रममा नगद रु. ५ हजार तथा खाना खुवाउने कार्यक्रम तथा सिद्धार्थ बाल गृहमा खाद्यान्न वितरण तथा खाना खुवाउने कार्यक्रम गरेको पौडेलले बताए ।

‘जन्मदिनमा फजूल खर्च गर्नु भन्दा बालगृहमा रहेका बालबालिकालाई दशैंको समयमा केही गर्न सकियोस् भन्ने उद्देश्यले खाद्यान्न वितरण तथा खाना खुवाउने कार्यक्रम गरेको हुँ, ’पौडेलले भने । आगामी दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिने उनले बताए ।

२६ वर्षिय पौडेल नेपाली कांग्रेस सिद्धार्थनगरका समितिका सदस्य, लियो डिष्ट्रिक ३२५ (पी) का डिष्ट्रिक डाइरेक्टर र आकाश कापी उद्योगका सञ्चालक हुन् ।

309636008_1270273137121374_7297118098549883861_n.jpg