२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

विकिरण सहकारी सस्थाको साधारण सभा सम्पन्न, सहकारीको सिद्धान्त अनुरुपमा अघि बढ्नु पर्नेमा जोड

आइतवार , आश्विन ९, २०७९

भैरहवा। सहकारी सस्थाहरुलाई सहकारीको सिद्धान्त अनुरुप रुपमा अगाडि बढाउन एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । 

रुपन्देहीको तिलोत्तमा १५ कोटिहवामा रहेको विकिरण बचत तथा ऋण सहकारी सस्था लिमिटेडको ११ औ साधारण सभामा बोल्ने बक्ताहरुले सहकारीलाई बैकको रुपमा कारोवार गर्न खोजे सहकारीको अस्तित्व हराउन सक्ने भन्दै सहकारीकै रुपमा सञ्चालन गर्न आग्रह गरेका हुन् । 

सहकारी सञ्चालनका लागि तय गरी मुल्य मान्यता र सहकारीका ७ सिद्धान्तलाई अंगिकार गरेर अगाडि बढे सहकारीको प्रतिको आम नागरिकको बुझाईमा कुनै परक नआउने उल्लेख गर्दै उनीहरुले सहकारीका सिद्धान्तलाई पालना गर्न आग्रह गरे । 

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका सहकारी बिभाग प्रमुख कृष्णप्रसाद पाण्डेले सहकारीका सिद्धान्तहरु खुला तथा ऐच्छिक सदस्यता, सदस्यहरुद्वारा प्रजातान्त्रिक नियन्त्रण, सदस्यहरुको आर्थिक सहभागिता, स्वायत्तता तथा स्वतन्त्रता, शिक्षा, तालिम र सूचना, सहकारीहरुबीच पारस्परिक सहयोग, समुदायप्रति चासोलाई केन्द्रबिन्दुमा राखेर काम गर्न आग्रह गरे । उनले सहकारीले आफ्ना सिद्धान्त नभुलेमा सहकारी अप्ठ्यारोमा नपर्ने समेत बताए । 

सहकारीका सस्थापक अध्यक्ष तथा हालका सल्लाहकार ओम बहादुर थापाले सहकारी प्रति सदस्यहरुको बुझाईमा रहेको भिन्नतालाई प्रस्ट पार्दै जानु पर्नेमा जोड दिए । उनले सहकारी कार्यालयले बैकहरुले जस्तै वचत र ऋण लगानी गरी नाफा मात्रै कमाउने काम गर्नु भन्दा आय आर्जन बृद्धि, सहकारीका सदस्यहरुको क्षमता बृद्धि, नेतृत्व बिकास र गुणस्तरीय सेवा प्रदान गर्नु पर्नेमा जोड दिए । 

सो अवसरमा बोल्दै सहकारीका जनसम्पर्क सल्लाहकार गोबिन्द केसी, कोटिहवा वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष बलराम भण्डारी, मिलन सहकारीका अध्यक्ष लेखनाथ पराजुली, साना किसान सहकारी सस्थाका प्रबन्धक नारायण प्रसाद अर्याल लगाएतले बोल्दै सहकारीको सिद्धान्त अनुसार सहकारीहरु वीच पारस्पारिक सहयोग र समुदायप्रतिको चासोलाई केन्द्रमा राखेर सहकारीहरु सञ्चालन गरिने बताए । 

सस्थाका अध्यक्ष डिल्लीराम अर्यालको सभापतित्व, सचिव धुर्वकुमार पन्थीको सञ्चालन, सस्थाका उपाध्यक्ष रुकु रानाको स्वागत,सस्थाका शिक्षा संयोजक पदम प्रसाद शर्माको संयोजकत्वमा भएको कार्यक्रममा दुई जना असल ऋणी र दुई जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । 

IMG_9233.JPG
IMG_9247.JPG

असल ऋणीको रुपमा राजेन्द्र गुप्ता र बसन्ती कुवंर मगरलाई सम्मान गरिएको सहकारीका लेखा समिति संयोजक अर्चित श्रेष्ठले जानकारी दिए । त्यसैगरी जेष्ठ नागरिकको रुपमा राधिका सापकोटा र रामटहल मल्लाहलाई सम्मान गरिएको संयोजक श्रेष्ठले जानकारी दिए । सो अबसरमा सहकारीको बार्षिक तथा लेखा प्रतिवेदन सर्वसम्मती रुपमा पारित गरिएको छ ।