images
images

बुधवार, जेठ २ गते २०८१

कथाकुथुङ्ग्री च्याम्पियन ‘रियालिटी शो’ को अडिसन खुला

कथाकुथुङ्ग्री च्याम्पियन ‘रियालिटी शो’ को अडिसन खुला

images
images
images
सोमवार, मंसिर २२ २०७७
सोमवार, मंसिर २२ २०७७
  • कथाकुथुङ्ग्री च्याम्पियन ‘रियालिटी शो’ को अडिसन खुला

    काठमाडौं, २२ मंसिर । मौलिक कथामा जीवन्त अभिनय गर्ने नवप्रतिभाहरुको खोजी गर्ने उद्देश्यले संचालन गर्न लागिएको नेपालकै पहिलो ‘रियालिटी शो’ कथाकुथुङ्ग्री च्याम्पियनको अडिसन सुरु भएको छ ।

    images
    images
    images

    पछिल्लो समय विश्वभर कोभिड–१९ ले जनजीवनलाई प्रभावित पारेको विषम परिस्थितिलाई मध्यनजर गर्दै सूचना चौतारी सञ्चार सहकारी संस्था लिमिटेडको आयोजनामा हुने ‘रियालिटी शो’ कथाकुथुङ्ग्री च्याम्पियनको आइतबार औपचारिक घोषणा गरिएको थियो । 

    ओझेलमा परेका, छेकिएका, नदेखिएका सातै प्रदेशका कथा र प्रतिभालाई प्रकाशमा ल्याउन चाहेको र मुलुकको सामाजिक, सांस्कृतिक, भौगोलिक मौलिकताको परिचय स्थापित गर्ने अभियानको नाम कथाकुथुङ्ग्री च्याम्पियन भएको आयोजक संस्थाले जनाएको छ । उक्त शोमा अनलाइन माध्यमबाट अडिसन लिएर सातै प्रदेशका सहभागीबीच प्रतिस्पर्धा गराइनेछ । कथाकुथुङ्ग्री च्याम्पियनमा भाग लिन अनलाइनमाध्यमबाट फाराम भरी पठाउने व्यवस्था मिलाइएको छ । 

    अभिनय कलामा रुचि राख्ने व्यक्तिलाई कथा वाचनमार्फत अभिनय कला प्रस्तुत गर्ने मञ्च निर्माण गरिएको कार्यक्रम संयोजक चन्द्र प्रसाद पाण्डेले बताएका छन् । विभिन्न चरण पार गर्दै प्रतिष्पर्धाबाट छनोट हुने उत्कृष्ट सहभागीलाई आकर्षक पुरस्कारसमेत व्यवस्था गरिएको छ ।

    प्रथम हुनेलाई रु २ लाख, द्वितीयका लागि रु १ लाख ५० हजार र तृतीय हुनेलाई रु ५० हजारसहित अन्य आकर्षक पुरस्कारको व्यवस्था मिलाइएको छ । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij