२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

गौतमबुद्ध मिडिया प्रा.लि.को कार्यकारी प्रमुखमा गुनाराम

सोमवार , श्रावण १२, २०७७

  • 10.2K
    Shares
  • 10.2K
    Shares
  • भैरहवा, १२ साउन ।
    गौतमबुद्ध मिडिया प्रा.लि.द्वारा सञ्चालित गौतमबुद्ध सन्देश दैनिक, अनलाइन संस्करण गौतमबुद्ध सन्देश डट कम र रेडियो रिपब्लिक ८८.२ मेगाहर्जको कार्यकारी प्रमुखमा गुनाराम घिमिरे नियुक्त भएका छन् ।  शुक्रबार सम्पन्न गौतमबुद्ध मिडिया प्रा.लि.को सञ्चालक समितिको बैठकले घिमिरेलाई कार्यकारी प्रमुखको जिम्मेवारी दिएको हो ।

    आइतबार पदभार ग्रहण गर्दै कार्यकारी प्रमुख घिमिरेले मिडिया प्रा.लि.को नियम र आचारसंहितामा रही आफुले कार्यसम्पादन गर्ने बताए । आफुले जिम्मेवारी सम्हालेपछि अब गौतमबुद्ध मिडिया प्रा.लि.लाई लोकप्रिय सञ्चारमाध्यमको रुपमा अगाडी बढाउन निरन्तर लागिपर्ने बताए । उनले समाज र राष्ट्रको विकासको लागि सञ्चार क्षेत्रबाट भुमिका निर्वाह गर्ने बताए । 
    पदभार ग्रहण कार्यक्रममा बोल्दै मिडिया प्रा.लि.का अध्यक्ष खिम बहादुर खत्रीले मिडिया सफल रुपमा सञ्चालन गर्न सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए ।

    गौतमबुद्ध मिडिया प्रा.लि.का सञ्चालक नारायण प्रसाद भण्डारीले सञ्चालक समितिको निर्णयबाट सर्वसम्मत रुपमा मिडियाको कार्यकारी प्रमुखको जिम्मेवारी गुनाराम घिमिरेलाई दिइएको बताए । प्रा.लि.का शेयरधनी डा. ऋषिराम शर्माले मिडिया व्यवसायिक हुनुपर्ने बताए । 

    IMG_8652.JPGगौतमबुद्ध सन्देश दैनिक पत्रिकाका सम्पादक कुलमणि ज्ञवालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा गौतमबुद्ध मिडिया प्रा.लि.का सञ्चालक माधब न्यौपाने, चोपलाल आचार्य, ज्ञानु पौड्याल, रामचन्द्र रेग्मी, शेयर सदस्य अनिल कुमार ज्ञवाली, शेयर सदस्य तथा पत्रिकाका प्रबन्धक विष्णु भट्टराई र शेयर सदस्य तथा पत्रिकाका सह–सम्पादक रबिन्द्र प्रताप गुप्ता र रेडियो रिपब्लिक समाचार शाखाका प्रकाश शर्मा र मिडिया प्रा.लि.का कर्मचारीहरुको उपस्थिति रहेको थियो ।