शुक्रवार, आश्विन ५ गते २०८०

भैरहवामा दशैं सस्तो बजार सञ्चालन हुने

भैरहवामा दशैं सस्तो बजार सञ्चालन हुने

images
images

खबर पात्रो

३, आश्विन २०७९
  • 2.2K
    SHARES
  • भैरहवामा दशैं सस्तो बजार सञ्चालन हुने

    भैरहवा, ३ असोज ।
    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले भैरहवामा दशैं सस्तो बजार–२०७९ सञ्चालन गर्ने भएको छ ।‘ स्वदेशमै किनमेल गर्ने बानी बसालौं’ भन्ने नाराका साथ संघले आगामी असोज ११ देखि १४ गतेसम्म दशैं सस्तो बजार सञ्चालन गर्ने सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

    चार दिनसम्म बिहान १० बजेदेखि राती ८ बजेसम्म संघको परिसरमा बजार सञ्चालन हुने संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले जानकारी दिए । स्वदेशी तथा गुणस्तरीय वस्तु तथा सेवाहरुको उपभोगप्रति उपभोक्ताहरुलाई सचेत  गराउने तथा आउँदै गरेको नेपालीहरुको चाडपर्वहरुमा आम उपभोक्ताहरुलाई स्वदेशी बजारमा खरिद गर्ने बानीको विकास गराउने उद्देश्यले दशैं सस्तो बजार सञ्चालन गर्न लागिएको न्यौपानेले बताए । उनले भने, ‘विभिन्न उद्योगी, व्यवसायीहरुसँगको सहकार्यमा उपभोक्ताहरुलाई सर्वसुलभ रुपमा एकै थलोबाट सहज तरिकाले दैनिक उपभोग्य वस्तुहरु विक्रीवितरण गर्ने उद्देश्यले यसपटक दशैं सस्तो बजार सञ्चालन गर्न लागेका छौं । ’

    images
    images

    चार दिनको संघको यो प्रयासबाट केही हदसम्म भए पनि भैरहवा बजारमा आर्थिक चलायमान हुने, स्वदेशी उद्योग व्यवसायका उत्पादनहरुको प्रचारप्रसार हुने र आम उपभोक्ताहरुले सर्वसुलभ रुपमा उपभोग्य वस्तहरु खरिद गर्ने अवसर प्राप्त गर्ने अध्यक्ष न्यौपानेले बताए । उद्योग तथा व्यापारिक प्रतिष्ठानहरुको सहभागिता रहने बजारमा साल्ट ट्रेडिङसहित खाद्यान्न, जुत्ता, चप्पल, दुई पांग्रे, अटोमोबाइलसहित १५ देखि १७ वटा स्टल रहने उनले जानकारी दिए । बजारमा स्थानीय भैरहवा क्षेत्रबाट करिब २ हजार ५ सय जना उपभोक्ता तथा अवलोकनकर्ताहरुको आवागमन हुने र ४० देखि ५० लाख रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको उनको भनाइ छ ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कार्यसमिति सदस्य एवं वस्तुगत सेवा प्रदर्शनी तथा व्यवसाय प्रवद्र्धन उपसमितिका संयोजक अर्जुन कार्कीले दशैं सस्तो बजारमा सुपथ मूल्यमा गुणस्तरीय सामान उपलब्ध गराउने योजना रहेको बताए । 

    संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेको अध्यक्षता, कार्यसमिति सदस्य अर्जुन कार्कीको स्वागत तथा महासचिव विजय पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ, वाणिज्य उपाध्यक्ष नेत्र प्रसाद आचार्य लगायतले बोल्दै सामान किन्न सीमा पारी जाने उपभोक्ताहरुलाई निरुत्साहित गर्दै स्वदेशी बजारलाई चलायमान बनाउनुपर्ने बताए ।

    संघले पहिलोपटक वि.सं. २०५८ साल कात्र्तिक १ गतेदेखि ६ गतेसम्म भैरहवा नमूना माध्यमिक विद्यालय परिसरमा र कात्तिक २४ गतेदेखि २६ गतेसम्म संघ परिसरमा दशैं बजार सम्पन्न गरेको थियो । दोस्रोपटक संघले २०५९ साल असोज २१ गतेदेखि २६ गतेसम्म संघ परिसरमा दशैं बजार सम्पन्न गरेको थियो ।

     

    images
    प्रकाशित मिति :आश्विन ३, २०७९ सोमवार - १३:०६:०३ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij