images

शुक्रवार, बैशाख ७ गते २०८१

आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत निरौलालाई स्वागत

आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत निरौलालाई स्वागत

images
images
images
शनिवार, आश्विन १ २०७९
शनिवार, आश्विन १ २०७९
  • आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत निरौलालाई स्वागत

    भैरहवा, १ असोज ।
    उद्योग व्यापार संगठन, रुपन्देहीले आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत शान्तिराम निरौलालाई स्वागत गरेको छ । हालै मात्र सरुवा भइ आन्तरिक राजस्व कार्यालय भैरहवामा प्रमुख कर अधिकृतको जिम्मेवारी सम्हाल्नुभएका निरौलालाई शनिबार स्वागतका साथै तथा परिचयात्मक कार्यक्रम गरिएको संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।

    images
    images
    images

    सिद्धार्थनगर–९ उदयपुरस्थित संगठनको सभाहलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रमुख कर अधिकृत निरौलाले कोभिड लगायतका कारणले व्यवसायी पीडित भएको आफूहरुलाई महसुस भएको बताए । उनले व्यवसायी र आन्तरिक राजस्व कार्यालयबीच नङ र मासुको सम्बन्ध रहेको बताए । उनले भने, ‘सधै सहकार्य, समन्वय र छलफल गर्दै समस्या समाधानका लागि अघि बढ्छौं, मिलेर अगाडि बढौं । ’ प्रमुख कर अधिकृत निरौलाले करदाता शिक्षा कार्यक्रम तथा तालिममा व्यवसायीहरु सहभागी हुनुपर्ने बताए । उनले भने, ‘साना व्यवसायीले घरमै बसेर कर तिर्न सक्नुहुन्छ, विगत भन्दा कर तिर्न अहिले सजिलो छ । ’ उद्योगी व्यवसायीको साथ आवश्यक रहेको उनको भनाइ थियो ।

    कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले संगठनले सरकारी कार्यालयसँग सहकार्य गर्दै अगाडि बढेको बताए । उनले कोभिड–१९ का कारण उद्योग व्यवसायमा प्रभाव परेको बताए । उनले भने, ‘सोचे जस्तो स्वदेशी बजार फस्टाउन सकेको छैन । ’ अध्यक्ष ज्ञवालीले संगठन र आन्तरिक राजस्व कार्यालयबीच सुमधुर सम्बन्ध हुने विश्वास व्यक्त गरे ।

    संगठनका निवर्तमान अध्यक्ष तथा भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले केही जानकारीको अभावमा कतिपय व्यवसायीले दुःख पाउनुभएको बताए । उनले भने, ‘कर तिर्नुपर्छ, करको दायरामा नआएकालाई करको दायरामा ल्याउनुपर्छ । ’’ 

    संगठनका पूर्वअध्यक्ष तथा सल्लाहकार खिम बहादुर खत्रीले सबै व्यवसायीले कर तिरे धेरै राजस्व संकलन हुने बताए । उनले सुरुको अवस्था र अहिलेको अवस्थामा धेरै परिवर्तन भएको बताए ।

    संगठनका सल्लाहकार दीपक कुंवरले व्यवसायी कर कार्यालयको साथमा रहेको बताए । उनले सीमा पारी दैनिक करौडौंको कारोबार हुने गरेको बताए । सल्लाहकार फैज अहमद खानले बैंक ब्याजदर बढ्दै जाँदा व्यवसायी मारमा परेको गुनासो गरे । उनले सम्पूर्ण व्यवसायीलाई करको दायरामा ल्याउनुपर्ने माग गरे ।

    होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका निवर्तमान अध्यक्ष गणेश बेल्बासेले करको दर भन्दा दायरालाई फराकिलो बनाउनुपर्नेमा जोड दिए । उनले कोभिड–१९ का कारण पर्यटन व्यवसायी धरासायी भएको बताए । 

    मदिरा व्यवसायी संघ, सिद्धार्थनगरका अध्यक्ष केशवराज ज्ञवालीले किराना पसलमा समेत मदिरा विक्रीवितरण भइरहेकोले यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए । उनले भने, ‘घरेलु मदिरा नियन्त्रण गर्नुपर्छ ।’

    आस्था महिला उद्यमी संघ सिद्धार्थनगरकी अध्यक्ष विन्दु न्यौपानेले खुल्ला सीमा भएकाले नाकामा कडाइ गर्नुपर्ने माग गरिन् ।

    उद्योग व्यापार संगठन रुपन्देहीका कार्यसमिति सदस्य सन्तोष शुक्लाले धान-चामल निर्यातमा भारत सरकारले लगाएको २० प्रतिशत निर्यात शुल्कले स्वदेशी उद्योगी व्यवसायीसँगै आम उपभोक्ता मारमा पर्ने बताए ।

    किराना व्यवसायी झबिन्द्र बेल्बासेले कर तिर्न सहज वातावरण बनाउनुपर्ने बताए । उनले कर तिर्न प्रोत्साहन गर्नका निम्ति वडावडामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

    उद्योग व्यापार संगठन रुपन्देहीका उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मीको स्वागत, कोषाध्यक्ष राम मिलन यादवको धन्यवाद ज्ञापन तथा महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij