
शुक्रवार , भाद्र ३१, २०७९
अर्घाखाँची, ३१ भदौ ।
मेगा बैंक नेपाल लिमिटेड अर्घाखाँची शाखाले एग्रो फरेष्टि बहुप्राविधिक शिक्षालयका विद्यार्थीका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
जिल्लाका विभिन्न ठाउँमा वित्तीय साक्षरता कार्यक्रम गरिसकेको बैंकले शुक्रबार उक्त विद्यालयमा एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा मेगा बैंक अर्घाखाँची शाखाका प्रबन्धक लक्ष्मण क्षेत्रीले वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणका साथै मेगा बैंकका बचत तथा कर्जा योजना, बैंकको नेटवर्क लगायतका बारेमा जानकारी गराएका थिए ।
जिल्लाको छत्रदेव गाउँपालिका स्थित एग्रो फरेष्टि बहुप्राविधिक शिक्षालयका विद्यार्थीलाई वित्तीय क्षेत्रको बारेमा जानकारी दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
विद्यार्थीलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम गरेकोमा फरेष्टि बहुप्राविधिक शिक्षालयका उपप्रधानाध्यापक सरोज भट्टराईले मेगा बैंकलाई धन्यवाद ज्ञापन गरेका थिए ।
उक्त कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेडका कर्मचारी सृजन भुसाल, नारायण आचार्य र ईश्वरी प्रसाद पाण्डे लगायतको उपस्थिति रहेको थियो । न्युज कारखाना
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij