२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

प्रस्तावित लुम्बिनी उद्योग वाणिज्य संघको तदर्थ समिति गठन

शुक्रवार , भाद्र ३१, २०७९

भैरहवा, ३१ भदौ ।
लुम्बिनी उद्योग वाणिज्य संघ लुम्बिनी, नेपालको तदर्थ समिति गठन गरिएको छ । शुक्रबार लुम्बिनी क्षेत्रका उद्योगी व्यवसायीको लुम्बिनीमा सम्पन्न भेलाले पवन कुमार जयसवालको अध्यक्षतामा प्रस्तावित लुम्बिनी उद्योग वाणिज्य संघको तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा विश्व राज पौडेल, अबु शामा, महासचिवमा विष्णु बहादुर बस्नेत, सचिवमा धिरेन्द्र चौधरी, कोषाध्यक्षमा विनोद प्रधान र सह–कोषाध्यक्षमा अहमद हुसेन रहेका छन् ।

त्यस्तै सदस्यमा राजेश कोहार, बबीन बरई, दिलिप कु बनिया, हरिशचन्द्र बरई, पिन्टु लाल बनिया, रामचल लोध, सुब्बा प्रसाद यादव र ईशरावती देवी मल्लाह रहेका छन् ।

त्यसै गरी समितिको वरिष्ठ सल्लाहकारमा अब्दुल मोबिन, शंकर प्रसाद मल्लाह, सल्लाहकारमा शत्रुधन तिवारी र प्रविन शाक्य रहेका छन् ।

लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । आगामी दिनमा लुम्बिनी उद्योग वाणिज्य संघ दर्ता गरी उद्योगी व्यवसायी तथा लुम्बिनी क्षेत्रको विकासका लागि संस्था अगाडि बढ्ने तदर्थ समितिका अध्यक्ष पवन कुमार जयसवालले बताए ।