२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

लैंगिक हिंसाविरुद्ध साईक्लिङ

आइतवार , मंसिर २१, २०७७

बुटवल, २१ मंसिर ।
रुपन्देही साईक्लिङ संघको आयोजनामा बुटवल उपमहानगरपालिकाको सहकार्यमा लैंगिक हिंसाविरुद्ध शनिबार साईक्लिङमार्फत सचेतना कार्यक्रम गरिएको छ । बुटवल उपमहानगरपालिका कार्यालय परिसरबाट सुरु भएको यात्रा वडा नम्बर १ पारी बुटवल, मजुवा, देवीनगर, योगीकुटी, कालिकानगर, राजमार्ग चौराहा, रामनगर हुँदै हिलपार्क पुगेर सम्पन्न भएको थियो । 

कार्यक्रममा बुटवल युनाईटेड साईक्लिङ क्लब, तिनाउ साईक्लिङ क्लब, ह्याप्पी साईक्लिङ क्लब, बुटवल साईकल क्लब लगायत विभिन्न क्लबका सदस्यहरुको ३ दर्जन साईक्लिष्टहरु सहभागी रहेको संघका अध्यक्ष पुकार थापाले बताए ।

साईक्लिङसंगै सामाजिक सचेतनाका कार्यक्रमहरु समेत संघबाट गर्दै आएको उनले बताए । लैंगिक हिसा अन्त्यको प्रतिवद्धता : व्यक्ति, समाज र सबैको ऐक्यबद्धता राष्ट्रिय नारासहित देशभर २५ नोमेम्बरदेखि १० डिसेम्बरसम्म १६ दिनसम्म विविध कार्यक्रम चलेको छ ।