२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

स्रोत नखुलेको २४ लाख रुपैयाँसहित एकजना पक्राउ

शुक्रवार , मंसिर १९, २०७७

  • 5.4K
    Shares
  • 5.4K
    Shares
  • भैरहवा, १९ मंसिर । 
    स्रोत नखुलेको रकमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ का ३२ वर्षिय प्रमोद कुमार गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    बिहीबार सांझ सिद्धार्थनगर नगरपालिका–३ स्थित सिद्धार्थ बसपार्क नजिकै प्रहरी टोलीले नियमित चेकजाँचको क्रममा सुनौलीबाट भैरहवातर्फ आउँदै गरेका गुप्तालाई २४ लाख रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाले बताए । 

    लु ४३ प १२३१ नम्बरको मोटरसाइकको बांया लेगार्डमा झुण्ड्याई राखेको सेतो रंगको सिन्थेटिक प्लाष्टिक बोराको झोला र उनको शरीर खानतलासी गर्दा लुकाईछिपाई राखी ल्याएको नेपाली रु. ५ सय र १ हजार दरका नोटहरु रबरले बांधेर बिटा बनाइराखेको अवस्थामा फेला पारी सोधपुछ गर्दा उनले उक्त रकमको आयस्रोत खुलाउन नसकेकोले पक्राउ गरिएको थापाले जानकारी दिए ।

    उक्त नगद रकम र गुप्ताले चलाएको मोटरसाइकल समेत बरामद गरी उनलाई आवश्यक कारवाहीको लागी बुटवलस्थित राजस्व अनुसन्धान कार्यालय रूपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।