२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

मेगा बैकद्वारा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न

शुक्रवार , भाद्र २४, २०७९

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • मेगा बैंक नेपाल लिमिटेड बुटवल शाखाले बुटवल दिपनगर स्थित सिद्देस्वरि लालकुमारी उच्च माध्यमिक बिद्यालयमा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

    सो बिद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत ब्यबस्थापन संकायका बिद्यार्थीहरुलाई बित्तीय साक्षरता प्रदान गरिएको हो ।

    मेगा बैंक लुम्बिनी प्रदेशका प्रदेश मार्केटिङ अफिसर आबिस्कार खनालले विद्यार्थीहरुलाई नेपालमा रहेका बैंक तथा बित्तीय सस्थाको प्रकार, बैंकहरुले प्रदान गर्ने सेवा सुबिधा, बैंकमा हुने खाताका प्रकार, बचतको महत्त्व, चेकको प्रयोग, सेयर बजार लगायतका बिसय बस्तुमा जानकारी गराएका थिए । 

    मेगाका बैंक बुटवल शाखाका प्रबन्धक अमृत थापाले प्राथमिक सेयर बजारमा लगानी गर्ने विधि र प्रक्रियाको बारेमा समेत जानकारी दिएका थिए । उनले सानै देखि बचत गर्ने र बित्तीय जानकारी राख्ने बानी बसाले भबिस्यमा बित्तिय अवस्था सहज हुने बताए ।

    सो कार्यक्रममा क्याम्पसकि शिक्षिका सुशिला ज्ञवाली, मेगा बैंकको तर्फबाट सरोज भण्डारी, केशव खनाल, अशेस पौडेल, सरिता उपाध्याय लगायतले आ आफ्ना भनाइहरु राखेका थिए भने कार्यक्रम पश्चात सोधिएका प्रश्नहरुको सहि जवाफ दिने बिद्यार्थीहरुलाइ पुरस्कार समेत वितरण गरिएको थियो ।