images

शनिवार, बैशाख ८ गते २०८१

सिजनमा १२ लाखसम्म आम्दानी हुने च्याउ खेतीमा रमाउँदै बस्नेत दम्पत्ति

सिजनमा १२ लाखसम्म आम्दानी हुने च्याउ खेतीमा रमाउँदै बस्नेत दम्पत्ति

images
images
images
बिहिवार, भाद्र २३ २०७९
बिहिवार, भाद्र २३ २०७९
  • सिजनमा १२ लाखसम्म आम्दानी हुने च्याउ खेतीमा रमाउँदै बस्नेत दम्पत्ति

    तेह्रथुम, २३ भदौ ।

    images
    images
    images

    घर नजिकै बनाएका टनेलहरू । यही टनेलमा लगाएको च्याउ खेती । च्याउखेती सँगै रमाइरहेका छन् धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ का चुइन्द्र बस्नेत र उनका श्रीमती टीका बस्नेत । चार वर्षदेखि च्याउ खेती गर्दै आएका छन् बस्नेत दम्पत्ति । च्याउ खेतीबाट राम्रो आम्दानी हुन थालेपछि च्याउ खेती रोजेका हुन् । च्याउ खेती रोजेपछी आम्दानी गतिलो स्राेत बनेको छ । 

    युवाहरू रोजगारको खोजीमा विभिन्न पुग्ने गरेका छन्, तर बस्नेत दम्पतीले गरेको लोभलाग्दो च्याउ खेती एक उदाहण बनेको छ । त्यसो चुइन्द्र पनि रोजगारको खोजीमा मलेसिया र कतार पुगे । जाँदा भएको खर्चसम्म तिर्न नसकेपछि श्रीमतीले घर फर्काएकी हुन् । गाउँ फर्केपछि ३० लाख लगानीमा च्याउ खेती सुरु गरेका चुइन्द्र यतिबेला यही खेतीबाट राम्रो आम्दानी लिँदै आएका छन् । तीन वर्षअघि बिष्णु एग्रोफर्म दर्ता गरी व्यावसायिक रूपमा च्याउ खेती गर्दै आएका छन् । ६ वटा टनेलमा च्याउ खेती गर्दै आएका उनले दैनिक दुई सयदेखि तीन सय किलो च्याउ उत्पादन गर्दै आएका छन् । 

    गाउँमै च्याउखेती सुरु गरेका चुइन्द्र उनी मात्रै व्यवसायी बनेका छैनन्, यहाँका युवाहरूलाई रोजगार दिन सफल बनेका छन् । ‘पराईको भूमिमा गरेको श्रम र मिहिनेत आफ्नै गाउँमा गर्ने हो भने रोजगारका लागि भौ‌तारि रहनु पर्दैन । व्यवसायी हुँदै गाउँमै रोजगारको सिर्जना गर्ने लक्ष्यका साथ च्याउ खेती सुरु गरेको हुँ । जहान परिवारसँगै रमाउँदै घरमै सुरु गरेको व्यवसायबाट खुसी छौं,’ चुइन्द्रले भने ।

    उनकी श्रीमती टीका पनी च्याउ खेती हेरचाहमा हरेक दिन व्यस्त छिन् । फर्ममा उत्पादन भएको च्याउ हरेक दिन बिक्रीका लागि टिप्ने, बजारसम्म पुर्‍याउने, फर्मको हेरचाहमै उनको दिन बित्छ । ‘गाउँमै हामीले खेती सुरु गरेका छौं, तर स्थानीय सरकारले हामीलाई अहिलेसम्म देखेन । पानी र विद्युतको एकदमै समस्या छ । पानी मात्रै एक सिजनमा एक लाखको ढुवानीमा तिर्ने परेको छ । पहिलोको सरकारले नहेरे पनी अहिले आएको सरकारले हेर्छकी भन्ने आशा छ,’ टीकाले भनिन् । 

    च्याउ बिक्रीबाट मात्रै एक सिजनमा १२ लाखसम्म आम्दानी लिँदै आएका छन् बस्नेत दम्पतीले । कोसी राजमार्गको छेउमा फर्म रहेकाले बजारको समस्या छैन । यहाँ उत्पादन भएको च्याउ जिल्ला सदरमुकाम,स्थानीय बजार र तेह्रथुमको बसन्तपुर शुक्रबारेलगायतका बजारमै खपत हुँदै आएको छ । च्याउ बजारमा दुई सय ५० रुपैयाँले बिक्री हुँदै आएको छ । न्युज कारखाना

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij