
बुधवार , भाद्र २२, २०७९
बुटवल, २२ भदौ ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक बुटवलको योगिकुटी शाखाले लुम्बिनी वाणिज्य क्याम्पसका विद्यार्थीहरुलाई डिजिटल बैंकिङ सम्बन्धी वित्तिय साक्षरता प्रदान गरेको छ ।
पहिलो चरणमा क्याम्पसका बीबीएम संकायका विद्यार्थीहरुलाई वित्तिय साक्षरता प्रदान गरिएको हो । व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुलाई अध्ययनकै क्रममा बैंकिङ सम्बन्धि साक्षरता प्रदान गर्दा दक्ष जनशक्ति उत्पादन हुने भएकोले विद्यार्थी लक्षित कार्यक्रम गरिएको बैंकले जनाएको छ ।
सूचना प्रविधिको तीव्र विकाससँगै यसको प्रयोगलाई बैकिङ कारोबारसंग जोडेर समयको बचत, सुरक्षित र छिटोछरितो सेवा लिन बैंकले डिजिटल बैकिङ वित्तीय साक्षरतालाई अभियानकै रुपमा सञ्चालन गरेको छ ।
कार्यक्रममा बैंकका डिजिटल बैंकिङ अफिसर नारायण न्यौपाने, योगिकुटी शाखा प्रबन्धक प्रकाश शर्मा, कर्जा विभागकी आस्था पाण्डे, अप्रेसन इञ्चार्ज सुमित्रा भट्टराई र नमुना पन्थीले बचत र खर्चको व्यवस्थापन, प्रविधिको उचित प्रयोग, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनुपर्ने सतर्कता, सेयर मार्केट लगायतका विषयमा जानकारी दिएका थिए ।
वित्तीय साक्षरताको अभावमा मानिसहरुले असुरक्षित आर्थिक कारोबार गर्नुपरेको र वित्तीय क्षेत्रमा सबैको पहुँच समेत पुग्न नसकेको भन्दै नियमित रुपमा यसप्रकारका तालिम सञ्चालन गर्दै आएका शाखा प्रबन्धक शर्माले बताए । कार्यक्रममा क्वीज प्रतियोगिता गरी विजयीलाई उपहार प्रदान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij