images

बुधवार, बैशाख १२ गते २०८१

म निरिह मनुवा !

म निरिह मनुवा !

images
images
images
आइतवार, भाद्र १९ २०७९
आइतवार, भाद्र १९ २०७९
  • म निरिह मनुवा !

    म झसँग भए चारै तिर महिलहरुले घेरिएको म निरिह मनुवालाई धारे हात लाउँदै के हो ? के वक्तै थिए । एउटी महिलाले त निकै कर्कसा आवाजमा भन्दै थिइन् अब पुरुषका दिन गए, जति थिच्ने हो थिचे, जति मिच्ने हो मिचे , अब हाम्रो पालो । बिहान उठे देखि राती अबेरसम्म पनि हामीले नै काम गर्नु पर्ने — रात प¥यो थकाइ लाग्यो भन्यो भने हामी माथि नै कुकर्म गर्ने फेरि बिहानै उठ्नु पर्ने !!
    अर्कीले थपिन हो त दिदी महिला भएकै कारण हामी जहिले पनि हिंसामा पर्नु पर्ने ? महिला जागरणको राप र तापले सारा पुरुषलाई नडामी हुँदैन ।

    images

    अलि पर बसेकी अर्धवैशेले बोलिन् , परापूर्वकालदेखि चलेको रीति रिवाज, सामाजिक मूल्य र मान्यतालाई एकै चोटी जराबाट फाल्न समय  लाग्दछ, सामाजिक तन्तु भनेको परम्परा हो — यस्तो परम्पराको विध्वंशले समज खण्डित हुन्छ । राम्रा  कुराहरु स्वीकार गर्दै नराम्रा कुराहरु त्याग गर्दे जानु वुद्धिमतापूर्ण हुन्छ । ल ऐले हेर्नुहोस् त समाजमा सम्बन्ध विच्छेदको मात्रा दिन पर दिन बढिरहेको छ मौलाइरहेको छ — यसको मूल जरो भने महिला अधिकार कर्मीहरु डलरे भाषणले गर्दा हो किनकि प्राय : यस्ता महिलाहरु आफ्ना पुरुषसँग बसेका हुँदैनन् र सकभर अरुपनि नबसुन भन्ने उनीहरुको आन्तरिक चाहाना हुन्छ । महिला अधिकारको विषयमा म यत्ति भन्छु तपाईहरुले आफ्नो अधिकार प्राप्तिका लागि आफ्नो घर, परिवार भताभुङ्ग नपार्नुहोस् र अरको पनि नपार्नुहोस् .. ।”

    उनले यति के भनेकी थिइन् अर्की महिलाले थपि हालिन्, “तपाई धेरै नबोल्नुहोस् तपाईको सोचाई बोलाईमा पुरुष प्रधानताको गहिरो छाप देखि रहेकी छु । दशकौं देखिको पुरुष प्रधान समाजले तपाईको दिल, दिमाग पुरै भुटिइसकेको रहेछ ।”

    ऐया : — आ! ओ .. म चिच्याएर झसङ्ग भए —ऐठन भएको रहेछ राति २ बजे ... । यो के देखेको होला मैले त्यो दिनभर मन त्यसै अशान्त भयो । नारी अधिकार नारी हिंसाका कुराहरु सुनेर मन त्यसै उम्लिरहेको थियो, यस्मा चिसो पानी कसरी खन्याउने भनेर म सोचिरहे ।

    कुनै पनि महिलाले बोलाएको ठाउँमा एकलै कहिल्यै जानु हुँदैन कि ? किनभने “महिला हिंसा” ग¥यो भन्ने आरोप लगाए भने नीरिह पुरुषको केही लाग्दैन । बाटोमा हिड्दा भूइमा मात्र एकपटक हेरेर हिँड्नु पर्दछ नत्र दायाँ बायाँ महिलाहरु रहेछन् भने आसय करणी ग¥यो भने भनें फसिएन त !!

    धेरै साथीभाई इष्ट मित्रहरु छन् मेरा — सांसद देखि मन्त्रीसम्म.. महिलाहरुको यो उग्रताबाट कसरी बच्ने होला ? अपराधि पुरुषहरुले त कानूनको कठघारामा जालान्  तर निर्दोष कसरी बच्ने ? यहाँ केही उपायहरु मलाई भन्न मन लाग्यो त्यो डरलाग्दो सपना पछि ..।

    सर्वप्रथम : तपाईलाई आफ्नो नजिकको नातेदार बाहेक जो कोही महिलाले कुनै पार्क, कुनै कोठा वा कुनै एकान्त ठाउँमा जानुप¥यो भने पहिले नै खल्तिमा एउटा सहमतिको कागज ठिक्क पारेर पहिले जुन महिलाले बोलाएकी हुन्  उनको सही र ल्याप्चे लगाइहाल्नुहोस् यसो गर्नु भयो भने तपाई कहिले फस्नु हुन्न । लामो समयदेखि चिनजान भएपनि महिलालाई कागज गराउन कहिल्यै भुल्न हुँदैन । व्यहोरा पढेर सुनाएपछि मात्र दुवैजनाले सहिछाप गर्ने — आगे उनै भगवानको कृपा ..!!

    धेरै ठाउँहरुमा महिला शसक्तिकरण कानूनी प्रावधानको गलत प्रयोग महिलाहरु पुरुष माथि गरिरहेका छन् वा दोहोरो नै भइरहेको छ, यो चाँही म यसै भन्न सक्दिन ।

    महिला उग्रताको पहिलो कारण हो “डलरे अभियान” महिला सशक्तिकरणको नाममा वर्तमान समयसम्म कति ‘डलर’ देश भित्र खर्च भयो — २०४७ देखि ऐले सम्म यस्को हेक्का, लेखाजोखा के कसैले गर्नै नपर्ने ? अँग्रजी भाषामा छापिएको ठूला ठेलिहरु गोरु गाडामा राखेर कोशीमा किन नबगाउने ? अलि टाठा बाठा महिलाहरु विशेष गरेर पढेलेखेकाहरुले गाउँका अनपढ महिलाहरुको परम्परा, सांस्कृतीक धरातल र विश्वासमा छुरा रोपेका छन्, समाज विखण्डित भएको छ । यस्ता महिलहरको लागि ‘शिक्षा’ पहिलो खुडकिला हो भन्ने चेत ति महिला अधिकारकर्मीहरुलाई थाहा छैन ।

    घरमा सासुले बुहारीलाई र बुहारीले सासुलाई डाम्दा सम्म डामेर महिला अधिकारका कुरा गर्ने — तिज लाग्न पाएको छैन वियर र रमका वोतल तोड्ने  — अब महिलहरु पुरुष सरह हुने होड्मा पश्चिमा संस्कृतिको गृह प्रवेशले हाम्रो समाज — विशेष गरेर शहरी समाज चकनाचूर हुने अवस्थामा छ ।

    केही संघ संस्था छोडेर अरुलाई जोडेर नहेर्ने हो भने भ्वाङ नै भ्वाङ छ अनि सरकार चाँही स्वाँग पार्छ । सामाजिक रुपान्तरणको पहिलो जग भनेकै ‘शिक्षा’ हो, त्यस्तो शिक्षा जसले नैतिकता, विनयशीलता, सहनशीलता सिकाओस् .. ।

    पौराणिक काल देखि महिलालाई प्राप्त उच्च दर्जालाई कसरी कायम गर्न सकिन्छ ? भनेर किन चिन्ता गर्दैनन् ? महिला अधिकार कर्मीहरु   ?? विद्याकी देवी सरस्वती आदि शक्ति माता, भगवति  — आदिका गाथाहरु गाउन किन विर्सन्छन् यिनीहरु .. ।

    महिला हिंसा र अत्याचार खराब हो , त्यति मात्र होइन कुनै पनि प्रकारको हत्या हिंसा खराब हो किन नभन्ने  ?? पश्चिमा नग्न सभ्यता मात्र महिला मुक्तिको बाटो हो ? 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij