
आइतवार , भाद्र १९, २०७९
बुटवल, १९ भदौ ।
शुभागमन बचत तथा ऋण सहकारी संस्था, बुटवल–११ को ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष हरिप्रसाद पौडेलेको अध्यक्षतामा भएको उक्त साधारणसभाको एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्घाटन गरेका हुन् ।
सो अवसरमा बोल्दै उनले सहकारीले सदस्यहरुलाई स्वरोजगार बनाउनुका साथै उद्यममा जोड्न आग्रह गरे । बचत र ऋण प्रभावले मात्र सदस्यहरुको आयस्रोतमा वृद्धि नहुने भन्दै बचत गर्ने बानीका विकास सहकारीको माध्यमबाट सदस्यहरुमा भएको उनको भनाइ थियो । उनले सदस्यलाई प्रशिक्षण दिनुका साथै सामाजिक उत्तरदायित्व बहन गर्न समेत आग्रह गरे ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले समाज रुपान्तरणको अभियानमा सहकारीको भुमिका महत्वपूर्ण रहेको बताए । उनले सहकारीहरुले पछिल्लो समय नीति र कानून भन्दा बाहिर गएर कारोबार गरेको भन्दै सहकारी ऐन र नियम अनुसार चल्दै सदस्यहरुलाई आत्मनिर्भर बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका सहकारी विभाग प्रमुख गुणाखर खनाल, सम्बन्ध सहकारीका अध्यक्ष लोकराज शर्मा, दुरदृष्टि सहकारीका अध्यक्ष अर्जुन सापकोटा, स्वागतम सहकारीका अध्यक्ष कपिल गौतम, क्षितिज सहकारीका उपाध्यक्ष जीवनाथ भण्डारी, निवर्तमान अध्यक्ष शालिकराम पौडेल, सल्लाहकार विष्णुकुमारी घिमिरे, लेखा सुपरीवेक्षण समितिका संयोजक चिरञ्जीवि पाण्डे लगायतले बोलेका थिए ।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष पाण्डेले अबको एक बर्षमा सहकारीका सदस्यहरुलाई सहकारी शिक्षा, सीपमुलक तालिम प्रदान गर्ने बताए । साथै उनले एकै प्रकृतिका छिमेकी सहकारी संस्थासँग एकीकरणका लागि आवश्यक छलफल समेत चलाउने बताए ।
कार्यक्रममा कोषाध्यक्ष सुवासचन्द्र ढकालको आयव्यय प्रस्तुत गरेका थिए । कार्यक्रम उपाध्यक्ष कुल प्रसाद बस्यालको स्वागत तथा सचिव विष्णु प्रसाद भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो । सहकारीमा ७४२ सदस्य रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij