images
images

आइतवार, जेठ ६ गते २०८१

मनकामना र स्मार्ट लघुवित्त गाभिएर एकीकृत कारोबार सुरु

मनकामना र स्मार्ट लघुवित्त गाभिएर एकीकृत कारोबार सुरु

images
images
images
आइतवार, श्रावण ११ २०७७
आइतवार, श्रावण ११ २०७७
  • मनकामना र स्मार्ट लघुवित्त गाभिएर एकीकृत कारोबार सुरु


    भैरहवा, ११ साउन ।
    सिद्धार्थनगरमा केन्द्रीय कार्यालय रहेको मनकामना लघुवित्त वित्तीय संस्था लिमिटेड र दाङको घोराहीमा केन्द्रीय कार्यालय रहेको स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिएर संयुक्त कारोबार सुरु गरेका छन् ।

    images
    images
    images

    मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आइतबारदेखि संयुक्त कारोबारको शुभारम्भ भएको हो । एकीकृत संस्थाको अधिकृत पूँजी १२ करोड ११ लाख ५० हजार र चुक्ता पूँजी ८ करोड २२ लाख ५० हजार रहेको छ । ३ करोड ८९ लाख रुपैयाँको सर्वसाधारणका लागि छुट्याइएको छ । 

    एकीकृत भएपछि संस्थाका शाखा २५ वटा, सदस्य संख्या १७ हजार पुगेको छ । संस्थाको कार्यक्षेत्र प्रदेश ५ रहेको छ । 
    एकीकृत कारोबार शुभारम्भ गर्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक सुदिप फुँयालले राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था घटाउन मर्ज गर्ने नीति अनुसरण गरेकोमा दुवै संस्थाका संचालकलाई धन्यवाद दिए । उनले वित्तीय पहुँच बढाउन र वित्तीय साक्षरता बढाउन ग्रामीण लघुवित्तको ठूलो भूमिका रहेको उल्लेख गर्दै धेरै संस्थाबाट कर्जा लिने र दोहोरोपना यस क्षेत्रका मुख्य चुनौती रहेकाले त्यसलाई घटाउन संस्थाले बिशेष ध्यान दिनुपर्ने बताए । 

    IMG_20200726_115920.jpgसंस्थाका अध्यक्ष अजय गोयनकाले चालु वर्षभित्र सर्वसाधारणलाई छुट्याइएको शेयर जारी गर्ने बताए । उनले लघुवित्तको माध्यमबाट गरीबी निवारणका लागि बिना धितोमा कर्जा लगानी गरिरहँदा आवश्यक पर्ने फण्डको ब्याजदर महंगो हुने गरेको गुनासो गरे । 

    वित्तीय क्षेत्रका बिज्ञ बाबुकाजी शाक्यले मर्जपछि बन्ने संस्था बलियो बन्ने हुँदा सेवाहरुलाई पनि स्तरीय र जनमुखी गराउन उनले आग्रह गरे । 
    संस्थाका प्रमुख कार्यकारी अधिकृत देवसिंह बिष्टले एक वर्ष अघिदेखि सुरु भएको मर्जर प्रक्रिया सफल भएकोमा खुशी व्यक्त गर्दै सेवा नपुगेका ठाउँहरुमा लघुवित्त सेवाको विस्तार गर्ने प्रतिवद्धता ब्यक्त गरे । कार्यक्रम संस्थाका कम्पनी सचिव कुलमणि ज्ञवालीले संचालन गरेका थिए । 

    आइतबार नै मर्जपछि बनेको संस्थाको संचालक समितिका अध्यक्ष अजय गोयनकाले नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक सुदिप फुयाँलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । 

    त्यसै गरी साविक मनकामना लघुवित्तबाट प्रतिनिधित्व गर्ने संचालकहरु अभिषेक बेरिवाल, प्रदीप कुमार सुद्रनिया, साविक स्मार्ट लघुवित्तबाट प्रतिनिधित्व गर्ने संचालकहरु शान्ति चौधरी, जर्मन चौधरी, नवराज अधिकारी र स्वतन्त्र संचालक अच्युत पन्तले पनि अध्यक्ष गोयनकाबाट पद तथा गोपनियताको सपथ लिएका छन् । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij