२०८३, आषाढ ३२ गते

Jul 16 2026 | २०८३, आषाढ ३२ गते

अघिल्लो साउनको तुलनामा यो पटक १२ प्रतिशतले घटयो आयात

बुधवार , भाद्र ८, २०७९

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • काठमाडौं, ७ भदौ ।

    चालु आर्थिक वर्षको पहिलो महिनामा १ खर्ब ३१ अर्बको मात्र सामान आयात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार अघिल्लो आर्थिक बर्षको साउन महिनाको भन्दा यो पटक १२ प्रतिशतले समान आयातमा कमी आएको हो । 

    विदेशी संचितिमा दबाब परेको भन्दै सरकारले विलासी समानहरुमा प्रतिवन्ध लगाउँदा अघिल्लो आर्थिक बर्षको साउन महिनाको तुलनामा चालु आर्थिक बर्षमा साउन महिनामा १२ प्रतिशतले आयात घटेको हो। गत वर्षको सोही अवधिमा १ खर्ब ५० अर्बको आयात भएको थियो। 

    यसैगरी, निर्यातमा पनि गत वर्षको तुलनामा २८.६८ प्रतिशतले गिरावट आएको छ। गतवर्ष २० अर्ब ७६ करोडको निर्यात भएकोमा यो पटक १४ अर्ब ८० करोड बराबरको मात्र वस्तु निर्यात भएको छ। न्युज कारखाना