२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

पशुपति आर्यघाटमा प्रदीप गिरिको अन्त्येष्टि (फोटो फिचर)

आइतवार , भाद्र ५, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौं, ५ भदौ । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । शुक्रबार राति निधन भएका गिरिको आइतबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । 

    उनको अन्त्येष्टिमा सहभागी हुन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, एमाले अध्यक्ष केपी शर्मा ओलि, कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्र्ता र शुभचिन्तक पशुपति आर्यघाट पुगेका थिए । 

    पशुपति आर्यघाट लैजानुअघि श्रद्धाञ्जलीका लागि गिरिको पार्थिव शरीरलाई कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । 

    घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरिको शनिबार राति साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको थियो । न्युज कारखाना

    300398585_3400548520167793_5445959967455803775_n.jpg

    299554933_609492734023894_6442321335341693192_n.jpg
    299740339_3248676302042158_6317071165824419552_n.jpg