
आइतवार , भाद्र ५, २०७९
बुटवल, ५ भदौ ।
रोटरी क्लब अफ मेडिकोफयुजन हाईब्रिड नेपालको वर्ष २०२२/२०२३ का लागि अध्यक्ष डा प्रकाश बस्नेतले पद तथा गोपनीयताको सपथ लिएका छन । क्लबको शुक्रबार साझ भएको दोस्रो पद हस्तान्तरण कार्यक्रममा वर्ष २०२१/२०२२ का अध्यक्ष सन्तोष पोखरेलले पद हस्तान्तरण गरेका हुन् । एक कार्यक्रमकाबीच रोटरी ईन्टरनेश्नल ३२९२ का डिजि जितेन्द्र बहादुर राजभण्डारीले नवनिर्वाचित अध्यक्ष बस्नेतलाई गोपनीयताको सपथ, रोटरी पिन लगाई दिए । त्यसै गरी क्लबका पदाधिकारी तथा सदस्यहरुलाई समेत पदको गोपनीयता सपथ खुवाएका थिए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष बस्नेतले बालिका शिक्षा, क्यान्सर परीक्षण, स्वस्थ्य शिविर जस्ता कार्यक्रमलाई आफ्नो कार्यकालमा जोड दिने प्रतिवद्घता जनाए । क्लब स्थापनाको दुई वर्षको छोटो अवधिमा धेरै रचनात्मक कामहरु भएको भन्दै उनले यो अवधिमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा प्राथमिकता दिएर काम गरेको दावी गरे ।
कार्यक्रममा रोटरी ईन्टरनेशनल ३२९२ का डिजि ईलेक्ट राजेन्द्रप्रसाद ध्वजु, आरआरएफसी तथा पीडीजि बासुदेव गोल्यान, एआरआरएफसी तथा पीडीजि संजय गिरी, डिजिएन राजेन्द्रमान शेरचनले समाजका रहेका विविध पेशा, ब्यवसायमा आबद्घ भएका अगुवाहरु संस्थागत रुपमा सामाजिक विकासको क्षेत्रमा लाग्नु उदाहरणीय भएको बताए ।
कार्यक्रममा क्लबका प्रेसिडेन्ट ईलेक्ट अप्सरा नेपालले रोटरी ईन्टरनेशनलको उद्देश्यअनुसार सामाजिक कार्यमा अग्रसर संस्थाका अगुवाहरु फोर वे टेष्टको मान्यतालाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij