२०८३, बैशाख २४ गते

May 07 2026 | २०८३, बैशाख २४ गते

उप्रती नेतृत्वको सिद्धार्थ लेडि जेसिजद्वारा निःशुल्क सुगर जाँच 

शनिवार , भाद्र ४, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा। जेसिआई सिद्धार्थ लेडि नेपालले निःशुल्क मधुमेह (सुगर) जाँच गरेको छ । 

    कृष्ण जन्माष्टमीको अवसर पारेर सुगर जाँचको कार्यक्रम राखिएको अध्यक्ष प्रकृति उप्रतीले जानकारी दिएकी छन् । 

    सिद्धार्थनगर ३ मालटोलमा रहेको राधाकृष्ण मन्दिरमा आयोजना गरिएको २०० जनाले स्वास्थ्य परिक्षण गराएको कार्यक्रम संयोजक भावना कडरिया लामिछानेले बताईन् । 
    सुगर देखिएका बिरामीलाई १ महिनाको औषधी निशुल्क रुपमा बितरण गरिएको सस्थाले जनाएको छ । 

    jci lady.jpg
    सुगर जाँच गर्दै 

    सराफ हेल्थ केयर तथा टिचिङ हस्पिटल रबिपथको प्राबिधिक सहयोगमा भएको कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले प्रकृति उप्रेती नेतृत्वको लेडि जेसिजले प्रशंशा योग्य सामाजिक कार्य गरेको बताईन । उनले यस्ता सामाजिक कामलाई निरन्तरता दिन पनि आग्रह गरिन ।