२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

रोटरी बुटवलद्वारा निलकण्ठ बाबाधामलाई डेस्क बेन्च सहयोग

शुक्रवार , भाद्र ३, २०७९

बुटवल, ३ भदौ ।
रोटरी क्लब अफ बुटवलले निलकण्ठ बाबा धामलाई डेस्क बेन्च हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच क्लबले धामलाई ८ थान डेस्क बेन्च हस्तान्तरण गरेको हो । यसका लागि रोयल ग्रुप बुटवलले सहयोग गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रोटरी इन्टरनेश्नल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर इलेक्ट राजेन्द्रप्रसाद ध्वजू एवं क्लबका अध्यक्ष बोनिन पियाले निलकण्ठ बाबा धकमकी संरक्षक एवं अध्यक्ष देवमाया भट्टराईलाई डेस्कबेन्च हस्तान्तरण गरेका थिए ।

त्यस अवसरमा बोल्दै डिष्ट्रिक गभर्नर इलेक्ट ध्वजूले धाममा अध्ययनरत बालबालिकालाई सहयोग पुगोस् भन्ने उद्देश्यले क्लवले डेस्क बेन्च हस्तान्तरण गरेर सराहनीय काम गरेको बताए । उनले रोटरीयनहरु समाजसेवाका लागि प्रतिबद्ध भएर लागिरहेको भन्दै यस्ता रचनात्मक र सामाजिक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन क्लबलाई आग्रह गरे ।

रोटरी क्लब अफ बुटवलका अध्यक्ष बोनिन पियाले धामका लागि डेस्क बेन्च सहयोग गर्न पाउँदा खुशी लागेको बताए । यहाँ अध्ययनरत बालबालिकाहरुले दुःख नपाउन भन्ने उद्देश्यले क्लवले डेस्क बेन्च हस्तान्तरण गरेको उनले बताए ।

धामकी संरक्षक एवं अध्यक्ष देवमाया भट्टराईले कतैबाट सहयोग नभएको अवस्थामा रोटरी क्लबले गरेको सहयोग धामका लागि निकै ठूलो रहेको भन्दै आगामी दिनमा पनि सहयोग गर्न आग्रह गरिन् । धामका लागि राज्य वा सरकारी निकायबाट कुनै सहयोग नपाएको भन्दै उनले रोटरीले गरेको सहयोगले यहाँ अध्ययनरत बालबालिकाको शिक्षामा समेत ठूलो योगदान पुग्ने बताइन् ।
कार्यक्रममा क्लबका पूर्वअध्यक्ष कृष्णप्रसाद अर्याल, सचिव लालहरि पाण्डे, धामका प्राध्यापक माधव भट्टराई, रोयल ग्रुप बुटवलका कोषाध्यक्ष उमाशंकर माल्पानी लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।