२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

मेगा बैंकद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

बुधवार , भाद्र १, २०७९

भैरहवा, १ भदौ ।
मेगा बैंक नेपाल लिमिटेडले नवलपरासीको बर्दघाट नगरपालिका–३ स्थित जानकी प्रा.वि. लाई शैक्षिक सामग्री (झोला) सहयोग गरेको छ । लुम्बिनी प्रदेशमा कार्यरत बैंकका कर्मचारीहरुबाट स्वेच्छिक रुपमा संकलन भएको रकमबाट झोला हस्तान्तरण गरिएको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत सो विद्यालयमा रहेका विद्यार्थीमध्ये ४२ जना विद्यार्थीको पठनपाठनमा राहत पुगोस भन्ने उद्देश्यले झोला वितरण गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा बोल्दै बैंकका लुम्बिनी प्रदेश प्रमुख विश्व पौडेलले नि:स्वार्थ भावनाका साथ बैंकका कर्मचारीले पनि सामाजिक कार्यक्रममा सहयोग गर्नुभएको बताए ।

मेगा बैंक लिमिटेडका प्रदेश प्रमुख विश्व पौडेलको अध्यक्षता, बर्दघाट नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष प्रकाश चन्द्र अधिकारीको प्रमुख आतिथ्यता, विद्यालय प्र.अ बहुरन प्रसाद कुर्मी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विर बहादुर लामिछाने, बर्दघाट नगरपालिका–३ का पूर्व वडाअध्यक्ष रुद्र प्रसाद न्यौपाने, समाजसेवी राम प्रसाद न्यौपाने, गोपी प्रसाद न्यौपानेको आतिथ्यता, बैंकका बर्दघाट शाखा प्रमुख ज्ञानेन्द्र पोखरेलको स्वागत तथा बुटवल शाखा प्रमुख अमृत थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको उद्देश्यमाथि बैंकका भैरहवा शाखा प्रमुख मिलन पुनले प्रकाश पारेका थिए ।

IMG-20220817-WA0001.jpg

यसअघि कर्मचारीबाट संकलित रकमबाट बाँकेको नेपालगञ्जमा रहेको मानवसेवा आश्रम, दाङको घोराहीमा रहेको नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र,  पाल्पाको अभियान नेपाल संस्था, रुपन्देहीको सियारीमा रहेको विरेन्द्र माविका दृष्टीबिहीन स्रोतका विद्यार्थीहरु र रुपन्देहीकै सैनामैना नगरपालिकामा रहेको बौद्धिक अपांगता सेवा केन्द्रलाई  खेलकुद, शैक्षिक लगायतका विभिन्न सामाग्रीहरु वितरण गरिएको मेगा बैंक लुम्बिनी प्रदेश बजारीकरण प्रमुख आविष्कार खनालले जानकारी दिए ।