२०८२, पौष २५ गते

Jan 09 2026 | २०८२, पौष २५ गते

एम्बुलेन्सबाट ९० केजी गाँजा बरामद, चालक पक्राउ 

मंगलवार , श्रावण ३१, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • सिरहा, ३१ साउन । सिरहाको लहान नगरपालिका–१ स्थित सडकबाट करिब ९० केजी गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–९ बस्ने २९ वर्षीय सरोज लामा छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । को.१ च ७५७७ नम्बरको एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले जाँच गर्दा एम्बुलेन्सको पछाडी बिरामी राख्ने स्थानमा उक्त परिमाणको गाँजा भेटिएको प्रहरीले जनाएको छ । त्यसपछि एम्बुलेन्स चालक लामालाई प्रहरीले पक्राउ गरेको हो ।  न्युज कारखाना