२०८२, श्रावण २७ गते

Aug 12 2025 | २०८२, श्रावण २७ गते

 घट्यो सुनको मूल्य

मंगलवार , श्रावण ३१, २०७९

काठमाडौं, ३१ साउन ।मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

सोमबार प्रतितोला ९७ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा सात सय रुपैयाँले घटेर ९६ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।तेजाबी सुन प्रतितोला ९६ हजार दुई सय रुपैयाँ कायम भएको छ ।आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १५ रुपैयाँ घटेपछि चाँदी प्रतितोला एक हजार २२० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार चाँदी एक हजार २३५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । न्युज कारखाना