२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

रोट्रयाक्ट क्लब अफ रुपन्देहीको अध्यक्षमा अर्याल

सोमवार , श्रावण ३०, २०७९

भैरहवा, ३० साउन ।
रोट्रयाक्ट क्लब अफ रुपन्देहीको ११ औं पदस्थापन तथा धन्यवाद समारोह शनिबार तिलोत्तमाको मणिग्राममा सम्पन्न भएको छ । कार्यक्रममा क्लबका वर्ष २०२१/२२ का अध्यक्ष सन्दिप पाण्डेले वर्ष २०२२/२३ का अध्यक्ष अनिल कुमार अर्याललाई पद हस्तान्तरण गरेका छन् । वर्ष २०२२/२३ को कार्यसमितिको इलेक्ट प्रेसिडेण्टमा रामप्रकाश पाण्डे, प्रथम उपाध्यक्षमा सुनिल भुसाल, द्वितीय उपाध्यक्षमा सन्तोष न्यौपाने, तृतीय उपाध्यक्षमा सालु पंगेनी, सचिवमा मिलन पंगेनी, कोषाध्यक्षमा भीम प्रसाद न्यौपाने, सह–सचिवमा सन्देश पोखरेल र सह–कोषाध्यक्षमा माधवी पाण्डे रहेका छन् । त्यस्तै क्लब एडमिनिष्टे«शन चेयरमा अर्जुन यादव, क्लब सर्भिस प्रोजेक्ट चेयरमा सागर भण्डारी, इन्टरनेशनल रिलेशनसिप चेयरमा विमल पाण्डे, पब्लिक इमेज चेयरमा सरस्वती पाण्डे, मेम्बरसीप डेभलपमेन्ट चेयरमा लिजन राना, द रोटरी फाउण्डेशन चेयरमा कृष्ण पाण्डे, फण्ड राईजिङ चेयरमा रमेश पाण्डे, स्पोटर्स् कोर्डिनेटरमा वल्लभ भण्डारी मिडिया कोर्डिनेटरमा शिव पाण्डे, सर्जेन्ट एट आमर्स (फस्ट)मा संयुक्त थापा, सर्जेन्ट एट आमर्स (सेकेण्ड)मा दुर्गा न्यौपाने रहेका छन् ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले रोट्रयाक्ट क्लब अफ रुपन्देहीले समाजमा गरेको कामको प्रशंसा गरे । उनले तिलोत्तमा नगरपालिका रोट्रयाक्ट रुपन्देहीसँग सहकार्य गर्न तयार रहेको बताए । 

रोटरी क्लब अफ रुपन्देहीका अध्यक्ष ऋषिराम भण्डारीले रोट्रयाक्ट रुपन्देहीसँग विगतदेखि नै सहकार्य गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । रोट्रयाक्ट रुपन्देहीका संस्थापक अध्यक्ष प्रकाश गौतमले क्लबले समाजमा छुट्टै पहिचान बनाउन सफल भएको दावी गरे ।

रोट्रयाक्ट डिष्ट्रिक ३२९२ का एडीआरआर रेश्म खड्काले रोट्रयाक्ट रुपन्देहीले सामाजिक क्षेत्रमा उदाहरणीय कार्य गरेको बताए । रोट्रयाक्ट डिष्ट्रिक ३२९२ जोन २० का जेडआरआर लक्ष्मण श्रेष्ठले रोट्रयाक्ट रुपन्देहीले समाजमा राम्रो काम गर्दै आएको बताए ।
रोट्रयाक्ट क्लब अफ राममणि मल्टीपल क्याम्पसका अध्यक्ष रुबिन पाण्डेले रोट्रयाक्ट क्लब अफ रुपन्देहीसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।

299273698_442216224549127_822985893026961065_n (1).jpg

क्लबका वर्ष २०२१/२२ का अध्यक्ष सन्दिप पाण्डे, वर्ष २०२२/२३ मका अध्यक्ष अनिल कुमार अर्यालको अध्यक्षता, कार्यक्रम संयोजक तथा क्लबका वर्ष २०२२/२३ का इलेक्ट प्रेसिडेण्ट रामप्रकाश पाण्डेको स्वागत, पूर्वअध्यक्ष मिलन भण्डारीको धन्यवाद ज्ञापन, क्लबका वर्ष २०२१/२२ का सचिव कृष्ण पाण्डे, वर्ष २०२२/२३ का सचिव मिलन पंगेनीको सञ्चालन, तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणको प्रमुख आतिथ्यता, तिलोत्तमा–५ का वडाअध्यक्ष रमेश डुम्रे, लुम्बिनी प्रदेश खेलकुद परिषदको सदस्य सचिव जयप्रकाश भट्टराईको विशिष्ट आतिथ्यता, रोटरी क्लब अफ रुपन्देहीका पूर्व अध्यक्षहरु, रोट्रयाक्ट क्लब अफ रुपन्देहीका पूर्व अध्यक्षहरु, विभिन्न क्लबका अध्यक्ष तथा प्रतिनिधिहरु लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।