२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

ओली पत्नी राधिकाले असहायलाई भोजन खुवाएर मनाइन् जन्मदिन

सोमवार , श्रावण ३०, २०७९

काठमाडौं, ३० साउन ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले मानव आश्रममा पुगेर जन्म दिन मनाएकी छिन् । नागार्जुनमा रहेको सो मानव आश्रममा ओलीसँगै पुगेकी शाक्यले त्यहाँ रहेका असहायलाई भोजन र दक्षिणा दिएर जन्मदिन मनाएकी हुन् । उक्त अवसरमा श्रीमती शाक्यले ५२ हजार नगदसमेत सहयोग गरेकी छिन् । 

मानव आश्रमको संरक्षणमा रहेका बालबालिकालगायतलाई भोजन खुवाउने कार्यक्रममा नागर्जुन नगरपालिका उपप्रमुख अनिता लामासहितको उपस्थिति रहेको थियो । न्युज कारखाना