images

बिहिवार, बैशाख १३ गते २०८१

बेलहिया बाईपास नजिक गोली प्रहार, एक घाईते

बेलहिया बाईपास नजिक गोली प्रहार, एक घाईते

images
images
images
सोमवार, श्रावण ३० २०७९
सोमवार, श्रावण ३० २०७९
  • बेलहिया बाईपास नजिक गोली प्रहार, एक घाईते

    भैरहवा । रुपन्देहीको नेपाल भारत सिमा नाका वेलहिया वाईपास नजिकै एक युवामाथि गोली प्रहार भएको छ । गोली प्रहारबाट सिद्धार्थनगर १ बेलहियाका ३० बर्षिया बिकास गुरुङ घाईते भएका छन् । 

    images

    उनको कोखामा गोली लागेको छ । ओमसतिया ४ पर्ने बेलहिया वाईपासमा अपरिचत व्यक्तिको गोली प्रहारबाट गम्भीर घाईते गुरुङको भैरहवा स्थित मेडिकल कलेजमा उपचार भईरहेको छ । 

    उनी अहिले खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक बेद पौडेलले जानकारी दिए । प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भईरहेको र साझसम्म घटनाबारे बिस्तृत बिवरण आउने सक्ने अनुमान गरिएको छ । 

    अज्ञात समुहद्वारा लुटपाट गरि भाग्दै गरेको अवस्थामा ओमसतियाको बसन्तपुर वडा कार्यालय अगाडी जम्का भेट भएका गुरुङमाथि लुटपाट गर्ने समुहले गोलि प्रहार गरेका बताईएको छ । लुटेराहरुले सो कटेजबाट २ तोला सुन र केही नगद लुटेको बताईएको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij