२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

प्युठानमा जीप दुर्घटना अपडेट : मृतकको संख्या तीन पुग्यो

आइतवार , श्रावण २९, २०७९

बुटवल, २९ साउन ।

प्युठानमा आइतबार भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । मृत्यु हुनेमा नौवहिनी गाउँपालिका-५ सानो डाम्री निवासी ४ वर्षीया करुणा बुढामगर र २५ दिनकी चेतना बुढामगरको र २५ वर्षीय लुकेश थापा रहेका छन् । उनीहरूको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते एक जनालाई रिफर गरिएको प्रहरीले जनाएको छ । 

आइतबार साझ ५ बजे बागदुलाबाट डामृतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जीप प्युठानको नौबहिनी गाउँपालिका वडा नम्वर ६ बहाने बजार नजिकै दुर्घटना हुँदा नौ जना घाइते भएकोमा तीन जनाको ज्यान गएको हो । न्युज कारखाना