
आइतवार , श्रावण २९, २०७९
भैरहवा । नेपालमा थप ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ३ सय ८ पिसिआर परिक्षणका क्रममा ३ सय ५ जना र २ हजार ५ सय २१ एन्टीजेन परिक्षणका क्रममा १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ८८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै थप ३ सय २ संक्रमित निको हुँदा हालस्म्म नेपालमा ९ लाख ७५ हजार ६ सय ९ जना निको भएका छन् ।
हाल नेपालमा ५ हजार ४ सय ३५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij