महिला हक अधिकारका बारेमा धेरै चर्चा र परिचर्चा हिजोआज हुने गरेको छ । महिला हिंसा, हत्या वा बलात्कारका घटनाहरु दिन दिनै बढीरहेका छन् । कानूनले सिकन्जा कस्तै लगे पनि घटनाहरु घटि रहेका छन्। लाग्छ यो हाम्रो देशमा यस्ता घटनाहरु घटिरहनेछन् । यसको मूल जरो के हो ? यस्ता घटनाहरु किन घटिरहेका छन् । महिला अधिकारकर्मीहरु सडक तात्ने गरी चिच्याए पनि यस्तो किन भइरहेको छ त ? यसलाई कर्के नजरले गहिराई सम्म झापडको पापड नसेके सम्म समस्या समाधान हुन मुस्किल छ ।
महिला हक आधिकारका कुरा गर्दा सर्वप्रथम सबैभन्दा धेरै दोषी महिलाहरु नै छन्, पुरुषहरु त्यसमा सहायक मात्र होलान् । यो डेढ अक्कले माइलाले महिलालाई दोषी ठान्नु महिला माथिको अपमान हो भनेर कुर्लिन बेर छैन तर जति कुर्लिए पनि घोक्रो फुटाए पनि आखिर वास्तविकतासँग पौठेजोरी चाँही खेल्न हुन्न है !!
आखिर महिला भनेको को हुन् त ? महिला भनेको आदि शक्ति हुन्, आमा हुन्, दिदी हुन्, बहिनी हुन् र भार्या पनि हुन् – यस्ता शक्तिशााली महिला स्वरुपलार्य पुरुषले कसरी दबाउन सक्छ ? उनीहरु आफ्नै इच्छाद्वारा दवाइएका हुन् । एउटै उदाहरणलाई हेरौ तेत्तिस प्रतिशत महिला सहभागीता संविधानले निर्देश गरे पनि आफ्नै असक्षमताका कारणले कुनामा खुम्चिएर दुनो भएर बस्न बाध्य कस्ले पा¥यो ? यस्को उत्तर खोज्न पर्छ पर्दैन थाहा छैन ।
छोटा छोटा कपडा लगाएर नितम्ब ढाक्न पनि अल्छि मान्नेहरुलाई बल्छि हान्यो भनेर मुद्या हाल्नु स्वभाविकै भएपनि यस समस्याको मूल जरोमा हाम्रो सामाजिक रुपान्तरणमा खण्डिकरणको समस्या भएको हो की ?
महिलाहरुको हक र अधिकार पूर्णरुपमा स्थापित गरेपनि शिक्षाको अभावमा यो पंगु मात्र होइन खाली कागजको बरबादी बाहेक केही पनि हुँदैन । बालविवाहलाई कानूनले निश्तेज गरेपनि यो रोकिएको छैन – सामाजिक रुपान्तरण भएन भने कानून आफैँमा पंगु हुन्छ ।
ऐल त महिला हक र अधिकाका बारेमा कानूनले निदृष्ट गरेका अधिकारहरु देखेर म चाँही डरले थूर थूर भएको छु । महिलाहरु पुरुषलाई कति दमन गरेका छन् ? के यसको तथ्यांक हामीसँग छ ? महिलाहरु मात्र हिंसको शिकार हुन्छन् र ? पुरुषहरु महिला हिंसको शिकार भएका पनि छन् ।
महिला हिंसा घर बाहिर आउन समय लाग्दैन तर पुरुष माथि हिंसा भयो भने उसले कुण्ठा खपेर घरमै बस्नु पर्दछ । “मलाई मेरो श्रीमतिले पिटी” भन्यो भने समाजले लाक्षी, नामर्द, केही गर्न नसक्ने कर्महारा भन्छ । पूर्व सभामुख कृष्ण बहादुर महरा महिला हिंसाको शिकार बनेका होइनन् ? पुरुषले सफाइ पाउने अनि महिल माथी चाँही के ? यसरी राज्यले महिला ÷ पुरुषमा विभेद ग¥यो भन्योे भने नारी अधिकार कर्मीहरु जुरुक्क उठेर खोइरो खन्न बेर छैन ।
लामो समयदेखि चलेको परम्परा, सामाजिक मान्यता र मूल्यहरुलाई कानून बनाएर मात्र समाप्त पार्न सकिदैन, यसलाई जरै देखि उन्मूलन गर्ने हो भने शिक्षा नै पहिलो आधार हो । ठूला बडा, टाठा बाठा महिलाहरुले एन.जि.ओ, आई.एन.जि.ओ द्वारा दिइने महिला शिक्षा त विसौ वर्ष भयो, त्यसमा पुरै भ्वाङ परिसक्यो । यिनलाइै पोस्न भन्दा यस्ता संस्थाहरु खारेज गरी दूर दराजमा सरकारी तवरमा शैक्षिक संस्थाहरु खोल्न पर्ने आवश्यकता छ भन्यो भने विकाशलाई निकास नदिने कुतर्क पनि भन्लान् ।
कुनै महिलाले कुनै पुरुषलाई अभियोग लगाएर बदनाम गर्न सक्ने हैसियत राख्तछन् ऐले । श्रीमानलाई श्रीमतिले जबरजस्ती बलात्कार ग¥यो भन्यो भने कानूनि फन्दामा प¥यो, तर श्रीमानले, श्रीमतिले बलात्कार गरी भन्यो भने के हुन्छ ? यसैले श्रीमान श्रीमतिमा एक प्रकारको द्वन्द श्रृजनाले सामाजिक स्थायित्वमा के असर गर्ला ?
बाटोमा हिडिरहेको मानिसलाई घरभित्रबाट महिलाले हेर त कसरी हेरेको ? भनी भने – घरभित्रबाट हेर्ने दोषी हुँदैन र ? बाटोमा आउने जानेलाई किन हेर्नु ? महिला हक अधिकारका दिनमा भाषण, सेमिनार, र गोष्ठि गरेर घर फर्किएकी बुहारीले आफ्नै सासुलाई शारिरीक एवं मानसिक यातना दिएको यिनै दुई टोडका आँखाले देखेको छु भन्ने मानिसहरु पनि छन् । त्यस्तै सासुले बुहारी माथि गरेका हिंसा पनि यथेस्ट मात्रामा सुनिएका छन् ।
महिला माथि गरिने सबै प्रकारका हिंसाहरु समाप्त पार्ने जडीबुटी भनेकै सामाजिक शिक्षा र चेतना हो । यस्तो चेतना कुनै नारा कानून र घोषण पत्रले मात्र संम्भव छैन, यस्का लागि समग्रमा सामाजिक, आर्थिक र परम्परागत पद्धतिको रुपान्तरणको आवश्यक पर्दछ खाली महिला हिंसाकै मात्र कुरा ग¥यो भने पुरुषहरु महाहिंसामा पर्न सक्छन् ।