२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

हराएको मोटरसाइकल रुपन्देही प्रहरीले फेला पार्‍यो

आइतवार , मंसिर १४, २०७७

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • भैरहवा, १४ मंसिर । 
    गत कार्तिक २३ गते हराएको मोटरसाइकल रुपन्देही प्रहरीले फेला पारेर सम्बन्धित मोटरसाइकल धनीलाई जिम्मा लगाएको छ । रुपन्देहीको कोटहीमाई गाउँपालिका–४ का रामचन्द्र अहिरको लु १० प ९१०५ नम्बरको मोटरसाइकल प्रहरीले फेला पारेको हो । 

    भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटलबाट हराएको उक्त मोटरसाइकल रामचन्द्र आफैले खोजतलास गर्दा फेला नपारेपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्तिक २४ गते दिएको प्रतिवेदन अनुसार खोजतलास गर्ने क्रममा आइतबार सि.न.पा.–८ स्थित नारायणथानबाट फेला पारिएको रुपन्देही प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) खड्क बहादुर खत्रीले जानकारी दिए ।