images

बिहिवार, चैत्र १५ गते २०८०

बुटवलमा एउटा विद्यालय, जहाँ विद्यार्थी भोको पेट पढ्न आउँछन् 

बुटवलमा एउटा विद्यालय, जहाँ विद्यार्थी भोको पेट पढ्न आउँछन् 

images
images
images
सोमवार, श्रावण २३ २०७९
सोमवार, श्रावण २३ २०७९
  • बुटवलमा एउटा विद्यालय, जहाँ विद्यार्थी भोको पेट पढ्न आउँछन् 

    बुटवल, २३ साउन ।
    रुपन्देहीको बुटवल उपमहानगरपालिका पछिल्लो समय शैक्षिक हबको रुपमा विकसित छ । यस क्षेत्रमा रहेका विद्यालयहरुले हरेक वर्ष उत्कृष्ट नतिजा हासिल गर्दै आएका छन् । बुटवल उपमहानगरपालिकाले यस क्षेत्रको शैक्षिक उन्नति र विकासको लागि विभिन्न समयमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । तर यही नगरपालिकाभित्र रहेको एउटा विद्यालय जहाँ विद्यार्थीहरु भोको पेट लिएर पढ्न विद्यालय आउने गर्छन । बुटवल उपमहानगरपालिकाको नजिककै भएर पनि यो विद्यालयमा विद्यार्थीहरु भोको पेट लिएर पढ्न आउने गर्छन् । 

    images
    images
    images

    बुटवल उपमहानगरपालिकाको मैनाबगर क्षेत्रमा अवस्थित मैनाबगर आधारभूत प्राथमिक विद्यालयमा पढ्न आउने बालबालिकाको अवस्था हो यो । कक्षा ३ सम्म मात्र पढाई हुने यस प्राथमिक विद्यालयमा यसै शैक्षिक सत्रमा ९७ जना विद्यार्थी भर्ना भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम ज्ञवालीले जानकारी दिए । उनकाअनुसार विद्यालमा भर्ना भएका विद्यार्थीहरुमध्ये अहिले दैनिक ८५ जना भन्दा बढी विद्यार्थीहरु नियमित पठनपाठनको लागि विद्यालय आउँछन । तर विद्यालय आउने विद्यार्थीहरु कोही भरी पेट लिएर विद्यालय पढ्न आउँछन भने केही विद्यार्थीहरु खाली पेट विद्यालय आउने गरेका छन् । 

    बुटवल उपमहानगरपालिकाको पश्चिमपट्टी रहेको मैनाबगरमा सञ्चालित यस प्राथमिक विद्यालयमा कक्षा तीनसम्मको पढाइ हुने गर्छ । यस विद्यालयमा पढ्न आउने अधिकांश बालबालिकाहरु मैनाबगर क्षेत्रमा मजदूरी गर्नेका बालबालिका रहेका छन् । मजदूरी गरेर जीविकोपार्जन गर्नै मजदूरका छोराछोरीहरु बिहान ८ बजे नै बाबुआमा काममा जाने बेलासँगै विद्यालय आइपुग्ने गरेको विद्यालयकी प्रधानाध्यापक कमला ज्ञवालीले बताइन् । उनकाअनुसार आमाबुवा मजदूरीमा जाने बेलामा नै विद्यार्थीहरु बिहान ८ बजे विद्यालय आइपुग्छन । पढाइ सुरु हुने बेलामा उनीहरुलाई फेरी भोक लाग्ने बेला हुन्छ भने कतिपय बालबालिका त घरमा खाना नखाई भोकै विद्यालय आएको उनले बताइन् ।

    अधिकाशं मजदूरका छोराछोरी पढ्ने यस विद्यालयमा बुटवल उपमहानगरपालिकाले दिवा खाजा कार्यक्रमअन्र्तगत प्रतिबालबालिका १५ रुपैयाँका दरले प्रदान गर्छ । तर नगरपालिकाले प्रदान गर्ने दिवा खाजा कार्यक्रम बालबालिकालाई पर्याप्त नभएको प्र.अ. ज्ञवालीको भनाइ छ । उनकाअनुसार बालबालिका बिहानै आउँछन् । कोही भोकै आउँछन । केही बिहानै खाना खाएर आउँछन । उपमहानगरले प्रदान गरेको दिवा खाजा कार्यक्रमको पैसा बालबालिकाको लागि अपुग हुँदा दिवा खाजा कार्यक्रम पनि लागू गर्न नसकिएको उनले बताइन् । विद्यार्थीलाई उपलब्ध दिवा खाजा कार्यक्रमको रकम अपुग हुँदा विद्यार्थीहरुको पढाई प्रभावित हुने गरको उनको भनाइ छ । 

    297863945_1251385298932115_8581253454442813607_n.jpg

    रकम अभावको कारण विद्यार्थीहरुको पढाई प्रभावित हुने गरेको थाहा पाएपछि विद्यार्थीहरुको दिवा खाजाको व्यवस्था रोटरी क्लब अफ सेन्ट्रल रुपन्देहीले गरिदिने भएको छ । रोटरी क्लब अफ सेन्ट्रल रुपन्देहीका संस्थापक अध्यक्ष सुरज खरेल र अध्यक्ष पप्पु कुमार गुप्ताले आइतबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई रकम अभावका कारण भोकै बस्न नपर्ने भजी आइतबारदेखि दिवा खाजाको प्रबन्ध आफूहरुले गर्ने घोषणा गरेका छन् । रोटरी क्लब अफ सेन्ट्रल रुपन्देहीकी निर्देशक तथा बुटवल उपमहानगरपालिका उपप्रमुखकी प्रत्यासी भगवती पाण्डेको जन्मदिन मनाउने अवसरमा आयोजित कार्यक्रममा उनले खाजा बनाउने ग्यास, चुलो सेट, टिफिन बक्ससहित खाद्यान्न सामग्रीहरु हस्तान्तरण गरेकी छन् । 

    सामाग्री हस्तान्तरणसँगै क्लबले आगामी दिनमा सो विद्यालयको अभिभावकत्व ग्रहण गर्दै क्लबले गर्ने सम्पूर्ण कार्यक्रम सोही विद्यालयमा केन्द्रित रहँदै विद्यार्थीहरुको लागि खाजा खर्चवापत एक वर्षसम्म र आगामी अध्यक्षहरु समेतले व्यवहोर्ने गरी दिवा खाजा कार्यक्रम निरन्तरता दिने क्लबका संस्थापक अध्यक्ष सुरज खरेलले घोषणा गरेका छन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij