
शुक्रवार , श्रावण २०, २०७९
रुपन्देही, २० साउन ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानबीच सहकार्य गर्ने सम्झौता भएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु, रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिष्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद ध्वजु र डिष्ट्रिक्ट रोट्रयाक्ट रिप्रेजन्जेटिभ लक्ष्मण खरेलबीच सहकार्य गर्ने सम्झौता भएको हो ।
सम्झौतापत्रमा युवा नेतृत्व, पेशागत विकास र हरित विकास लगायतका विषयमा समेटिएका छन् । रोट्रयाक्ट डिष्ट्रिक्टको उद्देश्यबमोजिम विभिन्न सामाजिक कल्याणका परियोजनाहरूलाई प्रेरणादायी, सशक्त र रुपान्तरण गर्ने सम्बन्धी कार्यहरूका लागि संयुक्त रुपमा सहकार्य गर्ने सहमति भएको रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानले जनाएको छ ।
सम्झौताअनुसार रोट्रयाक्ट डिष्ट्रिक्टले गर्ने वातावरण, हरियाली तथा सरसफाई, फोहोर व्यवस्थापन र युवाहरुले गर्ने हरेक कार्यक्रममा बैंकले वित्तीय तथा अन्य सहयोग गर्नेछ । साउन १६ गते उक्त सम्झौता भएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij