
शुक्रवार , श्रावण २०, २०७९
भैरहवा, २० साउन ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही अन्तर्गतको शिक्षा तथा महिला व्यवसायी विस्तार उपसमितिको बैठक बुधबार भैरहवामा सम्पन्न भएको छ । बैठकमा उद्योगी व्यवसायीहरुलाई लक्षित गरी आधारभूत अंग्रेजी बोल्ने तालिम, महिला उद्यमी उत्प्रेरणात्मक कार्यक्रम गर्ने विषयमा छलफल गरी सञ्चालन गर्ने निर्णय गरिएको थियो ।
बैठकमा बोल्दै उपसमिति संयोजक तथा संघकी कार्यसमिति सदस्य रचना क्षेत्रीले सल्लाह सुझावअनुसार अगाडि बढ्ने बताइन् । संघका महासचिव विजय पाण्डेद्वारा सहजीकरण गरिएको भएको बैठकमा वाणिज्य उपाध्यक्ष नेत्र प्रसाद आचार्यले उपसमितिहरुले गर्ने कार्यक्रममा आवश्यक सहयोग गर्न आग्रह गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij