२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

लायन्स डिष्ट्रिक्ट ३२५ (पी) नेपालको पहिलो क्याबिनेट बैठक भव्य रुपमा सफल हुन्छ

बिहिवार , श्रावण १९, २०७९

नवराज न्यौपाने

संस्थापक डिष्ट्रिक गभर्नर

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी)

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) नेपालको पहिलो क्याबिनेट बैठक तथा पदस्थापन कार्यक्रम रुपन्देहीमा हुँदैछ । यसै सन्दर्भमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का संस्थापक गभर्नर नवराज न्यौपानेसँग गरिएको कुराकानीको सम्पादित अशं :

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) नेपालको पहिलो क्याबिनेट पदस्थापन कार्यक्रमबारे जानकारी गराइदिनुस् न ।

लायन्स क्लबहरुको डिष्ट्रिक ३२५ (पी) नेपालको पहिलो क्याबिनेट बैठक तथा पदस्थापन साउन २० गते शुक्रबार रुपन्देहीको तिलोत्तमा, मणिग्रामस्थित ड्रीमल्याण्ड गोल्ड रिसोर्टमा हुँदैछ । कार्यक्रममा डिष्ट्रिक क्याबिनेट अफिसरहरुलाई सपथग्रहण गराइनेछ । कार्यक्रममा लायन्स क्लबहरुका अध्यक्ष, सदस्य, डिष्ट्रिक अफिसर लगायत गरी १ हजार ३ सय जनाको सहभागीता हुनेछ । पदस्थापन कार्यक्रम इन्टरनेशनल डाइरेक्टर तथा पदस्थापन अधिकृत श्रीलंका निवासी महेश पास्कवालको प्रमुख आतिथ्यतामा हुनेछ । सबैको साथ र सहयोगले लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ (पी) नेपालको पहिलो क्याबिनेट बैठक भव्य रुपमा सफल हुन्छ ।

कार्यक्रमको तयारी पूरा भइसक्यो ?

तयारी अन्तिम चरणमा छ । शुक्रबार बिहान ९ बजे उद्घाटन गर्ने तयारीमा छौं । कार्यक्रम बिहान ९ बजेदेखि बेलुकी ४ बजेसम्म चनेछ ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) अन्तर्गत कतिवटा क्लब छन् ?

लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) अन्तर्गत काठमाडौं, नवलपरासी, रुपन्देही, पाल्पा र कपिलवस्तु थरी १३७ वटा क्लब रहेका छन् । त्यस्तै नेपालभरी करिब २ हजार २ सय लायन्स क्लब छन् ।

लायन्सले कुन कुन क्षेत्रमा काम गर्छ ?

लायन्स क्लबले वातावरण, क्यान्सर, भोकमरीको न्यूनीकरण, दृष्टि, मधुमेह लगायतको क्षेत्रमा काम गर्छ । समाजलाई केही दिन सकिन्छ भन्ने उद्देश्यले हामी लायन्समा लागेका छौं । मन धनी भए समाजमा अवश्य नै काम गर्न सकिन्छ । लायन्स क्लब २०४ बढी देशमा रहेको छ । नेपालमा पनि लायन्सले ५० वर्षको इतिहास पूरा गरिसकेको छ ।