२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

७९ जना सवार श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण 

बिहिवार , श्रावण १९, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • नेपालगञ्ज, १९ साउन । श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गराइएको छ । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलान्स नेपालगञ्जका स्टेशन इन्चार्ज परशुराम चौधरीले जानकारी दिए । 

    उनका अनुसार सो विमानमा चालक दलका सदस्यसहित ७९ जना सवार थिए ।

    बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उडेको सो विमानको बायाँ इन्जिनमा धुवाँ देखिएपछि ९ बजेर ५६ मिनेटमै नेपालगञ्ज विमानस्थलमै आकस्मिक अवतरण गराइएको इन्चार्ज चौधरीले जानकारी दिए । 

    उनका अनुसार चालक दलका सदस्यसहित सबै यात्रु सकुशल रहेका छन् । न्युज कारखाना