२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

भैरहवाका श्रेष्ठ र अग्रवाल महासंघको केन्द्रिय सदस्यमा निर्वाचित 

आइतवार , मंसिर १४, २०७७

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • भैरहवा। भैरहवाका दुई जना प्रतिष्ठीत उद्योगी तथा व्यवसायि महेन्द्रकुमार श्रेष्ठ र राजेशकुमार अग्रवाल नेपाल उद्योग बाणिज्य संघको केन्द्रिय कार्यकारिण सदस्यमा निर्वाचित भएका छन्। 

    महासंघको शनिवार सम्पन्न ५४ औ बार्षिक साधारण सभाबाट श्रेष्ठ र अग्रवाल केन्द्रिय कार्यकारिण सदस्यमा निर्वाचित भएका हुन्। 

    सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाका पुर्व अध्यक्ष समेत रहेका श्रेष्ठ केन्द्रिय सस्यमा निर्वाचित भएका हुन् भने आग्रवाल एसोसिएट तर्फको केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन्। 

    श्रेष्ठ यस भन्दा अघिल्लो कार्यकालमा केन्द्रिय सदस्यमा बसेर काम गरेका थिए भने अग्रवाल पुन एसोसियट तर्फको केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन्।