२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

पौडी खेल्ने क्रममा बेपत्ता भएका युवकको शव फेला

बुधवार , श्रावण १८, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • झापा, १८ साउन । झापाको गौरदह नगरपालिका–९ स्थित कमल खोलामा १७ साउनमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १८ वर्षीय उज्वल खरेलको शव आज फेला परेको छ ।
    खरेको शब सशस्त्र प्रहरीले आज फेला पारी खोलाबाट बाहिर निकालेको हो ।

    कमल गाँउपालिका–१ बस्ने खरेल पौडी खेल्दाखेल्दै बेपत्ता भएको सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोरहरू खटिएका थिए । खोजतलासका क्रममा बुधबार उनको शब फेला पारेको हो । 

    सशस्त्र प्रहरीले १८ साउन बिहान ८ः२० बजेतिर सोही ठाउँमा करिब २० फिट गहिरो पानीमा शव फेला पारेको हो । न्युज कारखाना