२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु 

बुधवार , श्रावण १८, २०७९

कपिलवस्तु, १८ साउन । कपिलबस्तुको वाणगंगा नगरपालिका–२ गोबडिहवामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा लु ६४ प ५७६२ नम्बरको मोटरसाइकल चालक वाणगंगा नगरपालिका–२ बस्ने २५ बर्षिय रमेश बिक र मोटरसाइकलमा पछाडी सवार २७ बर्षिय गोपाल बिक रहेका छन् ।   आज बिहान ९ बजे लखनचोक सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भइ रुखमा ठोक्किदा दुबै जना घाइते भएका थिए । 

घाइते दुबै जनाको उपचारको क्रममा लुम्बिनि प्रादेशिक अस्पताल बुटवलमा बिहान सवा १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ । न्युज कारखाना