२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

प्रजातन्त्र सेनानी बादेको ९७ बर्षको उमेरमा निधन

बुधवार , श्रावण १८, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काभ्रे, १८ साउन । प्रजातन्त्र सेनानी गोपालदास बादेको ९७ वर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान ३ बजे उनको बनेपास्थित निवासमा नै निधन भएको हो ।

    नेपाली कांग्रेसका पुर्व उपसभापति प्रकाशमान सिंहले शोकसन्तप्त परिवारजन प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गरेका छन । भारतीय नेता महात्मा गान्धीसहित नेपाली कांग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईलगायत नेताको सानिध्यमा बसेका बादेका २ छोरा र २ छोरी रहेका छन् । बादेको निवास कोइराला र भट्टराईको आश्रयस्थलसमेत रहेको थियो । न्युज कारखाना