
सोमवार , श्रावण १६, २०७९
भैरहवा, १६ साउन ।
रोट्रयाक्ट क्लब अफ मणिग्रामको तेस्रो पदस्थापन तथा धन्यवाद ज्ञापन समारोह सम्पन्न भएको छ । कार्यक्रममा क्लबको अध्यक्षमा आयुष पौडेलले पदस्थापन गरेका छन् । शनिबार तिलोत्तमाको ड्राइभरटोलमा सम्पन्न समारोहमा तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरदेवी चौधरीको प्रमुख आतिथ्यता, अतिथि रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ का एडीआरआर रेशम खड्का, असिस्टेन्ट गभर्नर राजुदेवी खनाल, स्पोन्सर क्लब रोटरी क्लब अफ मणिग्रामका अध्यक्ष दुर्गाप्रसाद अर्याल, क्लबका सस्थापक अध्यक्ष कृष्ण प्रसाद बस्याल, रोटरी डिष्ट्रिक्ट ३२९२ रोटरी इकोनोमिक डेभलपमेन्ट चियर एवं क्लब एडभाइजर लक्ष्मण ज्ञवाली, रोटरी क्लव अफ बुटवल साउथका वर्ष २०२२/०२३ का अध्यक्ष टंकनाथ अधिकारी, जोन १९ का जेडआरआर अशोक ज्ञवाली, ट्विन क्लव रोट्रयाक्ट क्लव अफ पूर्वी चितवनका संस्थापक अध्यक्ष पूजन लामिछाने, रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ का पदाधिकारी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा रोट्रयाक्ट क्लब अफ मणिग्रामका वर्ष २०२१/२२ का अध्यक्ष निराजन अर्यालले वर्षभरी विभिन्न कार्यक्रमको संयोजन गरेका संयोजकहरुलाई मायाको चिनो वितरण गरेका थिए । त्यस्तै क्लब बाहिरबाट कार्यकाल उत्कृष्ट बनाउन उर्जा दिने अन्य क्लबका अध्यक्षहरुलाई एवं डिष्ट्रिक्टका पदाधिकारी लगायतलाई मायाको चिनो वितरण गरेका थिए ।
विभिन्न विधाहरुबाट क्लबका सदस्यहरुको मनोबल बढाउन अनुशासन अवार्डबाट रबिना नेपाली र मञ्जु भुसाल, नियमित सहभागी अवार्डबाट प्रतीक पौडेल, उदाउँदो रोट्रयाक्टर अवार्डबाट बबिता भुसाल, बिन्दु भट्टराई र अस्मिता कुँवर र उत्कृष्ट रोट्रयाक्टर अवार्डबाट गणेश पन्थलाई सम्मान गरिएको थियो ।
सोही अवसरमा राष्ट्रिय गायिकास ुशीला गौतम र सर्प उद्धारकर्ता प्रवीण पाण्डेलाई सम्मानपत्रले सम्मान गर्दै गायिका गौतमलाई मानार्थ सदस्य पनि प्रदान गरिएको थियो । अध्यक्षमा निर्वाचित भएका पौडेललाई रोट्रयाक्ट डिष्ट्रिकका एडीआरआर रेशम खड्काले सपथ ग्रहण गराएका थिए । त्यस्तै संस्थापक अध्यक्ष कृष्ण प्रसाद बस्यालले अध्यक्ष कलर चाटर सर्टिफिकेट हस्तान्तरण गरेका थिए । पौडेलले आफ्नो कार्यसमितिको नामावली प्रस्तुत गर्दै सपथ ग्रहण गराएर वर्षभरी गरिने कार्यक्रमबारे जानकारी गराएका थिए ।
नयाँ सदस्य को रूपमा २८ जना सदस्यहरुलाई जोन १९ का जेडआरआर अशोक ज्ञवालीले सपथग्रहण गराएका थिए भने रोट्रयाक्ट डिष्ट्रिक्टको टिमले पिन र सर्टिफिकेट वितरण गरी नयाँ सदस्यलाई स्वागत गरेका थिए ।
कार्यक्रम बधाई तथा शुभकामना दिदै टुइन क्लबका संस्थापक अध्यक्ष पूजन लामिछानेले टुइनसीप सधैका लागिरहेको र मिलेर अघि बढ्ने बताए । जेडआरआर अशोक ज्ञवालीले रोट्रयाक्ट मणिग्रामले छोटो समयमा ठूला पुराना क्लबलाई उछिनेको बताउँदै बधाई शुभकामना दिए । सल्लाहकार लक्ष्मण ज्ञवालीले आफू सदैव रोट्रयाक्ट मणिग्रामको साथमा रहेकोले र जस्तोसुकै परिस्थितिमा आफूले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै रोटरीसँग मिलेर अगाडि बढ्न सुझाव दिए ।
रोटरी अध्यक्ष दुर्गाप्रसाद अर्यालले रोटरीले सक्दो सहयोगसँगै मिलेर काम गर्ने बताए । संस्थापक अध्यक्ष कृष्ण प्रसाद बस्यालले क्लब स्थापनादेखि आजसम्म सहयोग गर्नुहुने सम्पूर्णलाई सम्झदै क्लबले छोटो समयमा धेरै काम गरेको बताए । उनले रोट्रयाक्ट डिष्ट्रिकमा क्लबले पहिचान बनाउन सफल भएको र आफ्नो कार्यकाल सफल बनाएकोमा २०२१/२२ का अध्यक्ष निराजनको टिमलाइ बधाईसँगै २०२२/२३ का लागि नवनिर्वाचित अध्यक्ष आयुष पौडेलको टीमलाई सफलताको शुभकामनासँगै अन्य क्लबसँग मिलेर काम गर्न सुझाव दिदै आफू सधै साथमा रहेको बताए ।
प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी देवी चौधरीले निराजन अर्यालले कार्यकाल सफल रूपमा समापन गरेकोमा बधाई दिइन् । उनले नवनिर्वाचित अध्यक्ष आयुष पौडेललाई अन्य क्लबसँग सहकार्य गरी यो वर्षलाई स्वर्णीम वर्षको रूपमा स्थापित गराउन तिलोत्तमा नगरपालिकाले सक्दो सहयोग गर्ने भन्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिन् ।
रोटरी संस्थापक अध्यक्ष एसिष्टेन्ट गभर्नर राजुदेवी खनालले रोटरीबाट हुने सहयोगमा कुनै कमी नरहने बताए । रोट्रयाक्ट डिष्ट्रिक ३२९२ का जेडआरआर रेशम खड्काले स्थापनाको ३ वर्षमा नै रोट्रयाक्ट डिष्ट्रिक ३२९२ मा अब्बल क्लबको रुपमा सावित गर्दै विभिन्न विधामा अवार्ड पाएको रोट्रयाक्ट मणिग्रामले रोट्रयाक्ट डिष्ट्रिक टीममा समेत पब्लिक इमेज चियरको रुपमा कृष्ण प्रसाद बस्यालले जिम्मेवारी पाएकोमा बधाई दिए ।
कार्यक्रम मा संयोजक गणेश पन्थले स्वागत गरेका थिए भने धन्यवाद मन्तव्य बिन्दु भुसालले दिएकी थिइन् । कार्यकमको सञ्चालन वर्ष २१/२२ का सचिव गणेश भुसाल र वर्ष २२/२३ का सचिव विनोद बस्यालले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij