
सोमवार , श्रावण १६, २०७९
भैरहवा । जेसीआई सिद्धार्थ लेडी, नेपालले स्थापना दिवसको अबसरमा बिभिन्न कार्यक्रम गरेको छ ।
सस्थाले २६ औं स्थापना दिवसको अवसरमा भैरहवा स्थित सिद्धार्थ बालगृहका बालबालिकालाई स्टेशनरी सामाग्री बितरण गर्नुका साथै लाईब्रेरी समेत स्थापना गरिदिएको छ ।
बर्ष २०२२ की अध्यक्ष प्रकृति उप्रेतीको अध्यक्षता तथा सिद्धार्थनगर पालिकाका प्रमुख इस्तियक अहमद खानको प्रमुख आथित्यतामा भएको कार्यक्रम सम्पन्न भएको थियो ।
सो अबसरमा अध्यक्ष उप्रेतीले वालगृहका एक जना बालिकालाई छात्रवृत्ति स्वरूप कक्षा १२ सम्म पठाउने घोषणा गरिन् । संगीता शर्माको सञ्चालन, मिनाक्षी क्षेत्रीको संयोजनमा भएको कार्यक्रममा सीता काफ्लेले आस्था पाठ गरेकी थिइन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij