images

शुक्रवार, चैत्र १६ गते २०८०

लुम्बिनी डान्स आइकनको तीनदिने प्रशिक्षण समापन

लुम्बिनी डान्स आइकनको तीनदिने प्रशिक्षण समापन

कलाको सम्मानमा सदैव अगाडि छु : पूर्व अर्थमन्त्री पौडेल

images
images
images
सोमवार, श्रावण १६ २०७९
सोमवार, श्रावण १६ २०७९
  • लुम्बिनी डान्स आइकनको तीनदिने प्रशिक्षण समापन

    बुटवल, १६ साउन । 
    नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशको आयोजनामा संचालित लुम्बिनी डान्स आइकोनको तीनदिने प्रशिक्षण आइतबार बुटवलमा सम्पन्न भएको छ ।

    images
    images
    images

    रुपन्देहीको बुटवल र तिलोत्तमा क्षेत्रबाट सहभागी १ हजार जना प्रतियोगिबाट छनौट भएका ३ सय ५० जना प्रतियोगिहरुलाई यही साउन १३, १४ र १५ गते प्रशिक्षण प्रदान गरिएको थियो । प्रशिक्षणको पूर्व अर्थमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा समापन गरिएको हो । 

    समापन कार्यक्रममा बोल्दै पूर्वमन्त्री पौडेलले कला र संस्कृति समाजको ऐना भएको बताउँदै यस कार्यक्रमले पनि समाजलाई कलाको माध्यमबाट सकारात्मक बाटोमा लैजान सक्ने कलाकर्मीहरुको छनौट गर्ने कुरामा विश्वास व्यक्त गरे । लुम्बिनी प्रदेश कला संस्कृतिको धनी प्रदेश रहेको बताउँदै उनले यस कार्यक्रमले यस प्रदेशलाई झनै गौरवान्वित बनाएको बताए । कलाको सम्मान हरेक समाजले गर्नुपर्ने बताउँदै जुनसुकै परिस्थितिमा पनि आफू कलाको सम्मानका लागि अघि बढेको समेत उनले बताए । 

    तीन दिनसम्म सञ्चालित उक्त प्रशिक्षण कार्यक्रममा सुमन मार्फा तामाड्ड र भावना कार्कीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा नृत्यकर्मी संघका केन्द्रिय उपाध्यक्ष प्रदीपमान श्रेष्ठ, सचिव तथा प्रवक्ता ऋषिकेश श्रेष्ठ, डान्सर असिम श्रेष्ठ, कार्यक्रम संयोजक सुन्दर गुरुङ, सदस्यहरु माइकल देव दर्लामी, सल्लाहकार मनिष पन्थ लगायत अभिवावकहरुसहित ३ सय जना बढीको उपस्थिति रहेको थियो । 

    कार्यक्रम नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशका अध्यक्ष लोकेन्द्र शाहको अध्यक्षता, महिला उपाध्यक्ष मिना बुढाथोकीको स्वागत र सञ्चारकर्मी तथा पत्रकार सुमन श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । 

    प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरुको आउँदो साउन २१ गते नबिन औद्योगिक कदर बहादुर रिता मावी देवीनगरमा सेलेक्ट राउण्ड सम्पन्न हुने आयोजक संस्थाका अध्यक्ष लोकेन्द्र शाहले बताए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij