२०८२, श्रावण २५ गते

Aug 10 2025 | २०८२, श्रावण २५ गते

बैंकर्स क्लब बाणगंगामा पौड्याल

शनिवार , श्रावण १४, २०७९

कपिलवस्तु, १४ साउन ।
कपिलवस्तुको ब्वाणगंगा नगरपालिकामा अवस्थित बैंक तथा वित्तीय संस्थामा कार्यरत शाखा प्रवन्धकहरुको साझा समुहको फोरम ‘बैंकर्स क्लव बाणगंगा’ को साधारणसभाले मनोज पौड्यालको अध्यक्षतामा बैंकर्स एशोसिएसन बाणगंगाा गठन गरेको छ ।

शुक्रबार सम्पन्न साधारणसभाले जितपुरमा रहेको सिद्धार्थ बैंक जितपुर शाखाका शाखा प्रवन्धक पौड्याललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । सभाले वरिष्ठ उपाध्यक्षमा बनगाईस्थित ग्लोबल आईएमई बैंकका शाखा प्रबन्धक मनोज शर्मा  र नेपाल क्रेडिट एण्ड कमर्श बैंक जितपुर शाखाका शाखा प्रबन्धक पदम पाण्डे चयन गरेको छ  ।

त्यस्तै उपाध्यक्ष पदमा प्राईम कमर्सियल बैंक जितपुर शाखाका शाखा प्रबन्धक गौरव डुम्रे, आइ.सि.एफ.सी. फाइनान्स ओदारी शाखाका शाखा प्रबन्धक कुमार थापा र सिटिजन्स बैंक कोपवा शाखाका शाखा प्रवन्धक अनन्त भट्टराई चयन गरेको छ । सचिव पदमा गरिमा विकास बैंक जितपुर शाखाका शाखा प्रवन्धक सोभित खड्का तथा कोषाध्यक्ष पदमा ग्लोबल आईएमई बैंक जितपुर शाखाका शाखा प्रबन्धक डिल्ली ढकाल चयन गरेको छ ।

साथै बाणगंगा नगरपालिकामा अवस्थित सम्पूर्ण बैंकका शाखा प्रबन्धकहरु कार्यसमिति सदस्यमा चयन भएका छन् ।

बैंक तथा वित्तीय संस्थामा देखिएका साझा समस्याहरुको सामूहिक प्रयत्नबाट समाधान गर्ने, स्वस्थ वित्तीय प्रतिष्पर्धात्मक सेवा प्रदान गर्ने र एकता तथा सहकार्यको विकास गर्ने उद्देश्यले बैंकर्स एशोसिएसन गठन गरिएको हो ।