images
images

सोमवार, जेठ ७ गते २०८१

एफइसी धनकोषद्वारा सदस्यहरुलाई मोबाइल बैंकिङ तालिम

एफइसी धनकोषद्वारा सदस्यहरुलाई मोबाइल बैंकिङ तालिम

images
images
images
शनिवार, श्रावण १४ २०७९
शनिवार, श्रावण १४ २०७९
  • एफइसी धनकोषद्वारा सदस्यहरुलाई मोबाइल बैंकिङ तालिम

    तिलोत्तमा, १४ साउन । 
    एफइसी धनकोष बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा–९ मंगलापुर, रुपन्देहीले शनिबार आफ्ना सदस्यहरुलाई मोबाइल बैंकिङ सम्बन्धी तालिम दिएको छ । सहकारीले आफ्नै मोबाइल एप सञ्चालनमा ल्याउँदा पनि यसका सदस्यहरु अझै मोबाइल बैंकिङमा अभ्यस्त हुन नसकेकाले उनीहरुलाई प्रविधिमा दक्ष बनाउनका लागि तालिमको आयोजना गरिएको सहकारीका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले जानकारी दिए ।

    images
    images
    images

    तालिमको उदघाटन तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष रमेश डुम्रेले गरेका थिए । त्यसअवसरमा उनले अब घरमै बसेर बैंकिङ कारोबार गर्न सकिने भएकाले प्रविधिको प्रयोगलाई बढाउन र यसबाट फाइदा लिन आग्रह गरे ।
    सहकारीका अध्यक्ष तारानाथ कंडेलले मोबाइल बैंकिङको प्रयोगले सदस्यहरुको समयलाई पनि बचत गर्ने भन्दै सहकारीको किस्ता भुक्तानीदेखि लिएर विभिन्न क्षेत्रको रकम भुक्तानीका लागि समेत मोबाइल बैंकिङ सजिलो र भरपर्दो माध्यम रहेको बताए । उनले सहकारीका सदस्यहरुलाई सहकारीले सञ्चालन गरेको मोवाइल बैंकिङ एपबाट आफ्नो कारवार सञ्चालन गर्न आग्रह समेत गरे । 

    तालिममा इन्फो डेभलपर्स बुटवलका सञ्चालक सुमित पराजुलीले सहजीकरण गरेका थिए । उनले मोबाइल एप चलाउने तरिका, यसका फाइदाहरु, यसमा रहेका विभिन्न सुविधाहरु लगायतका विषयमा जानकारी गराएका थिए ।

    कार्यक्रम संयोजक लोकनाथ कंडेलले सहकारीको शिक्षा उपसमितिले बिगतमा सदस्यहरुका लागि विभिन्न तालिम चलाउँदै आए पनि कोभिडका कारण डेढ/दुई वर्ष यता कार्यक्रम गर्न नसकिएको भन्दै अबका दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । सहकारीका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले सहकारीको हालसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए । तालिममा करिव ७० जनाको सहभागिता रहेको थियो ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij