२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

आगामी १ माघदेखि बुटवलको बमघाटदेखि बसन्तपुरसम्म केबलकार सञ्चालनमा आउने

शुक्रवार , श्रावण १३, २०७९

काठमाडौं, १३ साउन । आगामी १ माघदेखि बुटवलको बमघाटदेखि बसन्तपुरसम्म केबलकार सञ्चालनमा आउने भएको छ ।

लुम्बिनी केवलकार प्रा.लि. को शुक्रबार सम्पन्न साधारण सभाले १ माघदेखि लुम्बिनी प्रदेशको बुटवल बमघाटदेखि बसन्तपुरसम्म व्यावसायिक रूपमा केवलकार सञ्चालन गरी एक बराबर एक राइट सेयर दिने निर्णय भएको सञ्चालक समितिका अम्बिकाप्रसाद पौडेलले जानकारी दिए ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म तीन किलोमिटर दूरीमा केबलकार सञ्चालन गरिने लागेको हो । केबलकार सञ्चालनका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका विषयमा सरोकारवाला र स्थानीय जनताबीमा सार्वजनिक सुनुवाइ कार्यक्रमसमेत भइसकेको छ । न्युज कारखाना