२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

कोभिड–१९ मा सुरक्षित व्यापार व्यवसाय अभियान

शुक्रवार , मंसिर १२, २०७७

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • भैरहवा, १२ मंसिर । 
    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही र जर्मन संस्था जि.आई.जेड.को सहकार्यमा विशेष गरी साना उद्योगी व्यवसायीहरुलाई लक्षित गरी कोभिड–१९ को महामारीमा सुरक्षित तरिकाले व्यवसायी र ग्राहकको सुरक्षासहित व्यवसाय संचालनको वातावरण निर्माण गर्ने आग्रहसहित जनचेतना अभियान संचालन गरिएको छ । 

    १० दिने उक्त अभियानमा खटिएका सहजकर्ताले साना पसल तथा ठेला व्यवसायीसमक्ष पुगेर स्वाथ्य मापदण्डको बारेमा, ई–रिक्सामा जिगंल बजाउँदै व्यवसायीहरुलाई जानकारीमुलक पम्पलेट, मास्क, सेनिटाइजर उपलब्ध गराउने कार्यको लागि दुईजना सहजकर्ता खटाइएको संघका कार्यकारी सचिव आनन्द खनालले बताए । । 

    उक्त अभियान जि.आई.जेड.को स्थानीय, प्रादेशिक आर्थिक विकास परियोजना अन्र्तगत र संघको सहकार्यमा जारी अभियानबाट करिब ४ सय जना व्यवसायीहरु लाभान्वित हुने  खनालले जानकारी दिए । 

    अभियान सुरुवात संघका उद्योग उपाध्यक्ष अरुण कुमार गोयनका तथा कार्यसमिति सदस्यहरुको उपस्थितिमा भएको थियो ।