२०८२, पौष २५ गते

Jan 09 2026 | २०८२, पौष २५ गते

नेपाल जेसिजमा चरम बिबाद, जेसिजको एरिया डि अन्तरगतको प्रेसिडेण्ट मिट स्थगीत 

शनिवार , श्रावण १०, २०७७

  • 10.4K
    Shares
  • 10.4K
    Shares
  • कोहलपुर । 
    नेपाल जेसिजको एरिया डि अन्तरगतको प्रेसिडेण्ट मिट बिबाद भएपछि स्थगित भएको छ । कोहलपुर जेसिजको आथित्यतामा कोहलपुरमा आज (शनिवार) दिउसो हुन लागेको कार्यक्रममा सिद्धार्थ जेसिजका अध्यक्षलाई आथित्यता (चेयरिङ) नगराएपछि बिबाद हुदा कार्यक्रम नै स्थित हुन पुगेको हो । 

    नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष अशोक शंकर तथा उनी नेतृत्वको सचिवालयले निर्वाचित अध्यक्ष मंगल भण्डारी हुँदा हुँदै उमेर हदको कारण देखाउदै बिधान विपरित जेसिआई सिद्धार्थ नेपालको अध्यक्षमा निर्वाचनमा पराजय भोगेका अध्यक्षका प्रत्यासी भुवन राणालाई अध्यक्षमा मनोनित गरेपछि बिबाद बढेको थियो । शाखामा देखिएको बिवादका कारण एरिया डि अन्तरगतको प्रसिडेण्ट मिटमा दुवै अध्यक्षको फोटो नराखेको र बिबाद उत्पन्न भएपछि कार्यक्रम नै स्थगित भएको हो । 

    शाखाको बिबादका कारण जेसिज ईतिहासमा एरिया सम्मेलन अन्तरगतको प्रेसिडेण्ट मिट कार्यक्रमका वीचमै स्थगित भएको यो पहिलो घटना भएको नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष प्रा.डा. दीपक शाक्यले जानकारी दिए । नेपाल जेसिजको ईतिहासमा यो निकै दुखत पक्ष र घटना भएको उनको टिप्पणी छ ।  

    प्रसिडेण्ट मिटको उद्घाटन सत्र सम्पन्न भएपनि आन्तरिक छलफल कार्यक्रममा सिद्धार्थ जेसिजको अध्यक्षलाई आथित्यता नगराउदा हलमा बिबाद शुरु भएको थियो ।  सिद्धार्थ जेसिजमा देखिएको बिबादका कारण प्रसिडेण्ट मिटको आथित्य शाखाा कोहलपुर जेसिजको बोर्ड बैठाकले सिद्धार्थ जेसिजको दुबै अध्यक्षलाई आथित्यता नगराउने निर्णय गरेको थियो ।  

    नेपाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रमा प्याकुरेलले कार्यक्रमलाई जर्वजस्ती अगाडि बढाउन खाजेपछि बिबाद चर्किएको थियो । कार्यकारिणी उपाध्यक्ष प्याकुरेलले आथित्यता गरेको शाखा कोहलपुर जेसिजको असमतिका मिच कार्यक्रम अगाडि बढाउन खाजेपछि सिद्धार्थ जेसिजका दुवै अध्यक्ष हल भित्र पसेपछि कार्यक्रम स्थगित भएको थियो । राष्ट्रिय उपाध्यक्ष रमा प्याकुरेलले  एरिया डि अन्तरगतको प्रेसिडेण्ट मिट सचिवालयले स्थगीगत गर्न भनेपछि गरिएको उल्लेख गरिन ।